मोफसलकै चर्चित झापा गोल्डकपको तयारी सुरु

,   लिम्बुवान न्युज
                       

विर्तामोड, १७ माघ । आगामी फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । सोमबार विर्तामोडमा बसेको झापा गोल्डकप कार्य समितिको बैठकले सो जानकारी दिएको छ ।

गोल्डकपको पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समितिमा जिल्लाका प्रतिष्ठित व्यवसायी, उद्योगी, समाजसेवी तथा खेलप्रेमी रहने जनाइएको छ ।

कोरोनाको तेस्रो लहरले गोल्डकपको आयोजनाबारे जनमानसमा अन्योल रहेकोप्रति बैठकले सुनिश्चित गरिदिएको छ । संक्रमण कम हुँदै गएकाले फागुन २१ गतेबाट नै गोल्डकप सञ्चालन हुने अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

‘हामीले तयारी सुरु गरिसकेका छौँ’, ‘भर्खरै आहा रारा गोल्डकप पनि दर्शकको उपस्थितिमै भएको र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि दर्शकसहित भइरहेकाले झापा गोल्डकप हुनेछ’ बस्नेतले भने ।

आयोजक झापा गोल्डकपले आफ्नो होम टिम झापा–११ फुटबल क्लबको प्रशिक्षण पनि केही दिनमै सुरु गर्ने महासचिव गजेन्द्र पौडेलले बताए ।

बैठकले कोषाध्यक्ष केदार गिरीको संयोजकत्वमा आर्थिक समिति बनाएको छ । समितिमा दिपेश ढकाल, प्रकाश शिवाकोटी, सजेश शिवाकोटी र सञ्जीव घिमिरे सदस्य रहेका छन् ।

यसैबीच, पाँचौँ संस्करणको झापा गोल्डकपमा थिम गीत र मस्कट तयार हुने भएको छ । गोल्डकपले पहिलोपटक थिम गीत र मस्कट बनाउन लागेको हो । झापाको प्रतिनिधित्व हुनेगरी गीत तयार भइरहेको र केही दिनमै सार्वजनिक हुने बताइएको छ । उक्त मस्टक वरिष्ठ कलाकार पवन राजवंशीले तयार गर्दैछन् । जिल्लाको परिचय झल्किने र फुटबल प्रतिनिधित्व हुनेगरी मस्कट तयार हुनेछ ।

यसैबीच, झापा गोल्डकपको पदेन सदस्यको रुपमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष रहने निर्णय गर्दै अध्यक्ष प्रकाश शिवाकोटीलाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको पनि बैठकले छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;