मोफसलकै चर्चित झापा गोल्डकपको तयारी सुरु

 लिम्बुवान न्युज
                       

विर्तामोड, १७ माघ । आगामी फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । सोमबार विर्तामोडमा बसेको झापा गोल्डकप कार्य समितिको बैठकले सो जानकारी दिएको छ ।

गोल्डकपको पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समितिमा जिल्लाका प्रतिष्ठित व्यवसायी, उद्योगी, समाजसेवी तथा खेलप्रेमी रहने जनाइएको छ ।

कोरोनाको तेस्रो लहरले गोल्डकपको आयोजनाबारे जनमानसमा अन्योल रहेकोप्रति बैठकले सुनिश्चित गरिदिएको छ । संक्रमण कम हुँदै गएकाले फागुन २१ गतेबाट नै गोल्डकप सञ्चालन हुने अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

‘हामीले तयारी सुरु गरिसकेका छौँ’, ‘भर्खरै आहा रारा गोल्डकप पनि दर्शकको उपस्थितिमै भएको र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि दर्शकसहित भइरहेकाले झापा गोल्डकप हुनेछ’ बस्नेतले भने ।

आयोजक झापा गोल्डकपले आफ्नो होम टिम झापा–११ फुटबल क्लबको प्रशिक्षण पनि केही दिनमै सुरु गर्ने महासचिव गजेन्द्र पौडेलले बताए ।

बैठकले कोषाध्यक्ष केदार गिरीको संयोजकत्वमा आर्थिक समिति बनाएको छ । समितिमा दिपेश ढकाल, प्रकाश शिवाकोटी, सजेश शिवाकोटी र सञ्जीव घिमिरे सदस्य रहेका छन् ।

यसैबीच, पाँचौँ संस्करणको झापा गोल्डकपमा थिम गीत र मस्कट तयार हुने भएको छ । गोल्डकपले पहिलोपटक थिम गीत र मस्कट बनाउन लागेको हो । झापाको प्रतिनिधित्व हुनेगरी गीत तयार भइरहेको र केही दिनमै सार्वजनिक हुने बताइएको छ । उक्त मस्टक वरिष्ठ कलाकार पवन राजवंशीले तयार गर्दैछन् । जिल्लाको परिचय झल्किने र फुटबल प्रतिनिधित्व हुनेगरी मस्कट तयार हुनेछ ।

यसैबीच, झापा गोल्डकपको पदेन सदस्यको रुपमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष रहने निर्णय गर्दै अध्यक्ष प्रकाश शिवाकोटीलाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको पनि बैठकले छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...