लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

,   लिम्बुवान न्युज
                       

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजित समारोहमा ‘तङ्सिङ्’लाई सर्वोत्कृष्ट घोषणा गरिएको हो।

सागर केरुङको लेखन तथा निर्देशन रहेको यस चलचित्रले याक्थुङ–लिम्बू समुदायको मौलिक सांस्कृतिक विश्वास, मातृभाषा र मृत्यु संस्कारसँग जोडिएको दर्शनलाई मुख्य कथावस्तु बनाएको छ। मातृभाषा नजान्ने व्यक्तिलाई पितृलोकमा लगिन्छ कि लगिँदैन भन्ने द्वन्द्वमा आधारित भएर चलचित्र तयार पारिएको निर्माण पक्षले जनाएको छ।

यसअघि ‘तङ्सिङ्’ले ‘दोस्रो याक्थुङ सिने इन्टरनेशनल अवार्ड’मा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितिसकेको छ भने ‘पाँचौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ मा उत्कृष्ट चलचित्रका रूपमा प्रदर्शन भइसकेको छ।

लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि छनोट ‘तङ्सिङ्’ आगामी अक्टोबर ८ देखि १० (असोज २२–२४) सम्म पाल्पाको तानसेनस्थित सन्तोष चलचित्र मन्दिरमा आयोजना हुने ‘लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (LIFF) २०२६’ का लागिसमेत छनोट भएको छ। कथा मण्डलाको आयोजनामा हुन गइरहेको उक्त महोत्सवमा चलचित्र प्रदर्शनपछि निर्देशक सागर केरुङसँग दर्शक तथा चलचित्रकर्मीबीच प्रश्नोत्तर (Q&A) सत्रसमेत सञ्चालन हुनेछ।

चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा ‘याक्थुङ मुन्चइत चोक सयङ’को निर्माणमा बनेको यस चलचित्रका निर्माता नरेन्द्र सुब्बा र स्वर्गीय मीना सुब्बा हुन्। चलचित्रमा युवराज राईको छायांकन, पर्शु थलङको सम्पादन, तुलसा लिम्बूको शृङ्गार र अमर तुम्बापोको कला निर्देशन रहेको छ।

चलचित्रमा लक्ष्मी योङहाङ, नाम्बिन सेर्मा, रत्ना लिङ्देन लावती, पूर्ण सेलिङ, सलमान थलङ, इन्दु तुम्सा, मनु थक्लुङ, मीना लिम्बू, हाङमा थेबे, बिपना आङ्बुहाङ ‘सुहाङमा’, आशा राई नेम्बाङ, नरेश वनेम, याम लिम्बू ‘नेयोङ’, सीता राई नेम्बाङ, तीर्थ मादेम्बा, राम तिलिङ, भवानी विक्रम नेम्बाङ र नरेन्द्र सुब्बालगायतका कलाकारहरूको अभिनय रहेको छ।

मातृभाषामा निर्मित चलचित्रले निरन्तर प्राप्त गरिरहेको यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलतालाई याक्थुङ चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;