भाेली देखि माइमेला लाग्दैः सुरक्षा व्यवस्था व्यवस्थित पारिने

 लिम्बुवान न्युज
                       

माइधार,२९ पुष । पूर्वकै प्रसिद्ध मेला कन्काई माई मेला यसपटक शिवसताक्षी नगरपालिकास्थित वडा नम्बर १० माइधारमा धुमधामले लाग्ने भएको छ । स्वतस्फूर्त धार्मिक मेलाको रुपमा लाग्दै आएको माई मेला कन्काई नगरपालिकाको कोटीहोममा समेत लाग्ने बताइएको छ ।

आधा शताब्दी अघिदेखि लाग्दै आएको यो मेला गत वर्षहरुमा कोरोनाका कारण औपचारिक रुपमा लाग्न नसके पनि स्वतस्फूर्त रुपमा लाग्दै आएको थियो ।

१५/२० वर्ष अघि नेपालकै ठूलो मेलाको रुपमा एक हप्तासम्म लाग्ने यो धार्मिक मेला समय परिवर्तनसँगै तीन दिन मात्र लाग्न थालेको जानकारहरु बताउँछन् । तर यसपटक भने तामझामका साथ मेला लाग्ने तयारी हुँदै गरेको माई मेलाका ठेकेदार तथा स्तम्भ कन्सल्ट एण्ड बिल्डर्सका प्रबन्ध निर्देशक सागर ल्वागुनले बताएका छन् ।

२०७९ को लागि शिवसताक्षी नगरिपालिकाको कार्यालयले मेला ठेक्कापट्टाको सूचना जारी गरेपछि भने यसपटक औपचारिक रुपमै मेला लाग्ने भएर मेलाको पूर्व तयारी भइरहेको छ । कन्काई माई विशेष गरी हिन्दु धर्मावलम्बीहरुको धार्मिक मेला भएको हुँदा मेलामा मकर नुहाउने, पुजा आरधाना लगायत कार्यक्रम हुने गरेको छ । यसैगरी मेलालाई व्यवस्थापन गर्न ठेकादार कम्पनीका ठेकेदारहरुले मेलालाई झकिझकाउ बनाउन विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सकर्स, बुगीबुगी डान्स, सरकारले मान्यता दिएको आधिकारिक खेलवाडहरु, चिल्ड्रेन खेलहरु मेला लाग्ने स्थानमा आएर निर्माण गर्न थालिएको बताएको छ ।

स्थानीय सरकारले मेला लाग्ने औपचारिक ठेक्का आह्वान नगरे पनि स्वतस्फूर्त रुपमा माघ १ गते लाग्ने माई मेला स्थानीय सरकारले औपचारिकता प्रदान गरेपछि भने अझ व्यवस्थित हुने स्थानीयहरुको भनाई रहेको छ । यसपटक पुष ३० गतेदेखि माघ २ गते तीन दिनसम्म मेला लाग्ने बताइएको छ ।

शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन यो औपचारिकताले ठूलो मद्दत पु¥याउने नगरपालिकाको ठम्याई रहेको छ । बिगतमा कनकाई माईको पुलमा मानव भीडका कारण ठूलो समस्या आउने गरेको थियो । मानिसहरुको भीडलाई व्यवस्थापन गर्न नसक्दा यातायात नै अवरुद्ध भई समस्या आएको थियो ।

समस्यालाई समाधान गर्न मेला आयोजक समितिले वैकल्पिक उपायहरु अपनाउन आवश्यक देखिन्छ । कनकाई माई नदीको पुल नेपालकै पुरानो लामो पुल भएकाले पुलबाट मानिसको आवागमन रोक्न वैकल्पिक पुलको व्यवस्थापन समेत गरिएको शिवसताक्षी नगरपालकाले जानकारी दिएको छ ।

भीडलाई नियन्त्रण गर्न नगरपालिकाले सुरक्षा व्यवस्था मजबुत बनाउन आवश्यक छ भने ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न सक्यो भने आउने माघे सङ्क्रान्ति मेला शान्तिपूर्ण बन्न सक्छ । कनकाई माई नदीमा मकर सङ्क्रान्ति अर्थात् माघे मेलाको दिन मकर नुहाउन लाखौंको संख्यामा तीर्थालु भक्तजनहरु आउने गरेका छन् ।

मकर सङ्क्रान्तिको दिन मकर नुहाई तरुल, भ्यागुर, तिलको लड्डु, फलफूल, सेलरोटी खाए स्वास्थ्य राम्रो हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । स्वतस्फूर्त रुपमा वर्षेनी लाग्ने यो माई मेला पूर्वको सबैभन्दा ठूलो र धार्मिक रुपमा महत्वपूर्ण रहेको मेला हो ।

यहाँ मकर नुहाउन र धार्मिक अनुष्ठान गर्न नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भुटान, भारतको सिक्किम, असम, मनिपुर, दार्जिलिङ, सिलिगुडी लगायतका तीर्थालु भक्तजनहरु आउने गरेका छन् । झापाको कनकाई माई वारि माईधार तथा नदीको तट आसपासमा मेला लाग्ने गरेको छ भने कनकाई नगरपालिकाको कोटिहोम परिसरमा धुमधामले मेला लाग्ने गरेको छ ।

शिवसताक्षी तथा कनकाई दुवै नगरपालिकाले मेलालाई व्यवस्थापन गर्न ठेक्का आह्वान गरेको बुझिएको छ । माई मेलालाई महत्वका साथ स्थानीय संघसंस्थाहरुले पनि हेर्ने गरेका छन् । स्थानीय संघसंस्थाहरुले मेला परिसर झकिझकाउ गरी पुष ३० गतेबाट आफ्नो औपचारिक कार्यक्रमहरु गर्ने तयारी गरेको किरात धर्म तथा साहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मी योङहाङले बताएका छन् ।

मेलामा आयोजित कार्यक्रममा विभिन्न जातीय संघसंस्थाहरुका साथै क्रियाशील क्लब तथा अन्य सामाजिक संस्थाहरु सक्रिय देखिन्छन् । मकर सङ्क्रान्तिलाई रौनक थप्न विभिन्न जातीय झाँकी प्रस्तुत गरिन्छ । यस वर्ष शिवसताक्षी नगरपालिकातर्फ माई मेलाको ठेक्का भ्याट बाहेक ६ लाख एक हजार रुपैयाँमा स्तम्भ कन्सल्ट एण्ड बिल्डर्सले लिएको जनाइएको छ ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...