प्रधानमन्त्रीद्वारा सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन

 लिम्बुवान न्युज
                       


काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्रालयसहितका निकायलाई उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सहकारीलाई समाजवादको भूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताए । यसैगरी उनले सहकारी समस्या समाधानको दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।

समस्या समाधानका लागी आवश्यक गृहकार्य गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र सरोकारवाला निकायलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् । सहकारीको अनुमगनका लागि प्रभावकारी नियामक बनाउनु पर्ने विषयमा आफ्नो ध्यान गएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सहकारीसम्बन्धी हाल कार्यरत नियामक संस्थाहरुले राम्रो, संकटमा रहेका र डुबेका सहकारीहरुको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न उनले निर्देशन दिंदै सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसकालागी सरकारका तीनवटै तहको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने औल्याए ।

बुधबार सहकारीसम्बन्धी छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्वन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...