तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

 लिम्बुवान न्युज
                       

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ ।

माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन् ।

यस पुस्तककमा नेपालको मुद्रा निष्कासन काे इतिहास, राणाकालीन देखि वर्तमान सम्मको बैङ्किङ इतिहास समेटेर तिम्सिनाले `नेपालको बैङ्किङ इतिहास´ नामक पुस्तक बजारमा ल्याएका छन् ।

याे पुस्तकमा नेपालका क र ख श्रेणीका बैङ्कहरुकाे चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पाैडेलसम्मकै १८ जना गभर्नरको फाेटाे सहितको जीवनी, द्वन्द्वकालमा बैङ्कमा भएको आक्रमण, नेपाली बैङ्क मर्जरकाे इतिहास, राणाकालमा वेलायतबाट फर्केका नेपालमा बैङ्क खाेल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा बिके श्रेष्ठ, विदेशी बैङ्क भित्र्याउने डा. प्रकाश चन्द्र लाेहनी सहितको इतिहास मिहिन गरि खाेजेर पुस्तकमा राखिएको छ ।

नेपाली बैङ्ले पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागीता, विपत्तमा बैङ्ककाे सहयोग, बैङ्क तथा वित्तीय संस्था सम्बन्धि ऐन, कानुन हरू, खारेज भएका बैङ्कहरु, चिनियाँ ह्याकरले मच्चाएको लुटपाट, लिच्छविकाल देखिका मुद्रा खाेज गरि लेखिएको छ ।

तत्कालीन कुन कुन बैङ्क कहिले स्थापना भए, समस्या ग्रस्त बैङ्कहरू, भाेजपुरकाे टक्सारकाे इतिहास , पुर्वमा खुलेका बैङ्कहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागीता, डेपुटी तथा कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिना, बैङ्किङ अधिकारकाे क्षेत्रमा कार्यरत संघ, संस्थाहरु लगायतका विभिन्न ५१ बटा विषयमा समेटेर लेखिएको २७२ पेजकाे पुस्तकमा नेपालमा जेनजी आन्दोलनको समयमा नेपाली बैङ्कमा भएको क्षतिकाे बिषयमा पनि खाेज गरि लेखिएकोछ ।

झापा दमककाे स्रष्टा छापाखानाले छापेको लिला निराैला प्रकाशक रहेको याे तिम्सिनाकाे १४ ओै पुस्तक हाे । लेखक तिम्सिना विगत एक दशकदेखि निरन्तर खाेजमुलक पुस्तक लेखन गर्दै आएका छन् । नेपाली बैङ्किङ इतिहास बुझ्न याे पुस्तक राम्रो सहयोगी बन्ने नेपाल बैङ्कर्स संघका अध्यक्ष दिनेश काेइरालाले समेत शुभकामना दिदै वताउनु भएको छ ।

तिम्सिनाका प्रकाशित कृतिहरु टेलिफोन डायरी (२०६८) माेरङकाे सामुदायिक वन एक चिनारी (२०६९) माेरङकाे क्षेत्र नं २ एक चिनारी (२०७०) पथरी शनिश्चरे नगरपालिका एक चिनारी (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दाेस्राे संस्करण (२०७८) धिमाल जातिकाे इतिहास विगतदेखि वर्तमानसम्म (२०७८) इतिहासमा पथरी शनिश्चरे (२०७८) माेरङका जनप्रतिनिधि संङगालाे (२०७९) “माइखाेलादेखि पुनर्वाससम्म” (२०८०) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म (२०८०) गुमनाम एक इतिहास बिसे नगर्ची पहिलो संस्करण (२०८१) गुमनाम एक इतिहास बिसे नगर्ची दाेस्राे संस्करण (२०८१) रहेका छन् ।

पृथ्वीनारायण शाहको सल्लाहकार विसे नगर्चीकाे इतिहास गाेरखा सम्मनै पुगेर गहन खाेज गरी लेखिएको थियोे भने नेपाली भाषी भुटानी शरणार्थीकाे कथा व्यथा समेटिएको कृति माईखाेलादेखि पुनर्वाससम्म, तराईका आदिवासी `धिमाल जातिको इतिहास´ र `इतिहासमा पथरी शनिश्चरे´ `जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म´ तिम्सिनाकाे चर्चित पुस्तकहरु हुन् ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;