तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

,   लिम्बुवान न्युज
                       

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ ।

माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेखेका हुन् ।

यस पुस्तककमा नेपालको मुद्रा निष्कासन काे इतिहास, राणाकालीन देखि वर्तमान सम्मको बैङ्किङ इतिहास समेटेर तिम्सिनाले `नेपालको बैङ्किङ इतिहास´ नामक पुस्तक बजारमा ल्याएका छन् ।

याे पुस्तकमा नेपालका क र ख श्रेणीका बैङ्कहरुकाे चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पाैडेलसम्मकै १८ जना गभर्नरको फाेटाे सहितको जीवनी, द्वन्द्वकालमा बैङ्कमा भएको आक्रमण, नेपाली बैङ्क मर्जरकाे इतिहास, राणाकालमा वेलायतबाट फर्केका नेपालमा बैङ्क खाेल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा बिके श्रेष्ठ, विदेशी बैङ्क भित्र्याउने डा. प्रकाश चन्द्र लाेहनी सहितको इतिहास मिहिन गरि खाेजेर पुस्तकमा राखिएको छ ।

नेपाली बैङ्ले पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागीता, विपत्तमा बैङ्ककाे सहयोग, बैङ्क तथा वित्तीय संस्था सम्बन्धि ऐन, कानुन हरू, खारेज भएका बैङ्कहरु, चिनियाँ ह्याकरले मच्चाएको लुटपाट, लिच्छविकाल देखिका मुद्रा खाेज गरि लेखिएको छ ।

तत्कालीन कुन कुन बैङ्क कहिले स्थापना भए, समस्या ग्रस्त बैङ्कहरू, भाेजपुरकाे टक्सारकाे इतिहास , पुर्वमा खुलेका बैङ्कहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागीता, डेपुटी तथा कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिना, बैङ्किङ अधिकारकाे क्षेत्रमा कार्यरत संघ, संस्थाहरु लगायतका विभिन्न ५१ बटा विषयमा समेटेर लेखिएको २७२ पेजकाे पुस्तकमा नेपालमा जेनजी आन्दोलनको समयमा नेपाली बैङ्कमा भएको क्षतिकाे बिषयमा पनि खाेज गरि लेखिएकोछ ।

झापा दमककाे स्रष्टा छापाखानाले छापेको लिला निराैला प्रकाशक रहेको याे तिम्सिनाकाे १४ ओै पुस्तक हाे । लेखक तिम्सिना विगत एक दशकदेखि निरन्तर खाेजमुलक पुस्तक लेखन गर्दै आएका छन् । नेपाली बैङ्किङ इतिहास बुझ्न याे पुस्तक राम्रो सहयोगी बन्ने नेपाल बैङ्कर्स संघका अध्यक्ष दिनेश काेइरालाले समेत शुभकामना दिदै वताउनु भएको छ ।

तिम्सिनाका प्रकाशित कृतिहरु टेलिफोन डायरी (२०६८) माेरङकाे सामुदायिक वन एक चिनारी (२०६९) माेरङकाे क्षेत्र नं २ एक चिनारी (२०७०) पथरी शनिश्चरे नगरपालिका एक चिनारी (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दाेस्राे संस्करण (२०७८) धिमाल जातिकाे इतिहास विगतदेखि वर्तमानसम्म (२०७८) इतिहासमा पथरी शनिश्चरे (२०७८) माेरङका जनप्रतिनिधि संङगालाे (२०७९) “माइखाेलादेखि पुनर्वाससम्म” (२०८०) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म (२०८०) गुमनाम एक इतिहास बिसे नगर्ची पहिलो संस्करण (२०८१) गुमनाम एक इतिहास बिसे नगर्ची दाेस्राे संस्करण (२०८१) रहेका छन् ।

पृथ्वीनारायण शाहको सल्लाहकार विसे नगर्चीकाे इतिहास गाेरखा सम्मनै पुगेर गहन खाेज गरी लेखिएको थियोे भने नेपाली भाषी भुटानी शरणार्थीकाे कथा व्यथा समेटिएको कृति माईखाेलादेखि पुनर्वाससम्म, तराईका आदिवासी `धिमाल जातिको इतिहास´ र `इतिहासमा पथरी शनिश्चरे´ `जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म´ तिम्सिनाकाे चर्चित पुस्तकहरु हुन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;