प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जिल्लास्तरमा प्रशिक्षण कार्यक्रम गर्दै

 लिम्बुवान न्युज
                       


ललितपुर, १० माघ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिले जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम गर्ने घोषणा गरेको छ । समितिले यहि माघ ३ गते एक विज्ञप्ति जारी गर्दै प्रदेशको १४ वटा जिल्लाहरुमा जिल्लास्तरीय जागरण तथा प्रशिक्षण गर्ने जनाएको हो ।

समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार ताप्लेजुङ जिल्ला केपी पालुङ्वा, पाँचथर निरन्ती तुम्बापो र विराज आङ्देम्बे, इलाम डकेन्द्रसिंह थेगीम र प्रेम येक्तेन, झापा कुमार लिङ्देन, मोरङ् तिलकप्रसाद राई, सुनसरी जेन्टल लावती, उदयपुर गोपाल किराती, धनकुटा रामभक्त कुरुम्बाङ र अर्जुन जम्नेली राई, संखुवासभा पदम जवेगु र शंकर खेवा, खोटाङ रमेश राई, भिम राई र पर्शुराम राई, ओखलढुंगा जिवन हाताछो राई र सोलुखुम्बु लाक्पा शेर्पालाई जिम्मेवारी तोकिएको छ ।

गत पुष २६ र २७ गते धरानमा बसेको संयुक्त संघर्ष समितिको बैठकको निर्णय कार्यान्वयन गर्दै यो कार्यक्रमको आयोजना गर्न लागेको समितिको संयुक्त डकेन्द्रसिंह थेगीमले बताउनु भएको छ । प्रदेश सरकारले हालै वार्ता समिति घोषणा गरेको प्रति सकारात्मक टिप्पणी गर्दै संयोजक थेगीमले समितिले चाडै नै त्यस बिषयमा बैठक बसी निर्णय तय गर्ने बताउनु भएको छ ।

उनले मुख्य कुरा कोशी नाम खारेजी र पुनः नामाङ्कन नै जिकीर गर्दै यि दुई बुँदामा सरकारले ग्यारेन्टी गरे बार्ता बस्न तयार रहेको बताएका छन् । संघर्ष समितिले आन्दोलनलाई थप व्यवस्थित पार्ने उने बताएका छन् ।

यसरी नै ताप्लेजुङ्स्थित मुक्कुमलुङमा प्राकृतिक सम्पदा मासेर बन्न लागेकाे केवलकार निर्माण राेक्न निर्माण कम्पनीलाइ अनुराेध गर्दा पनि नराेकेकाे हुँदा उक्त आन्दोलनलाई पनि शसक्त बनाएर लान समेत संघर्ष समितिले माघ १५ गते मुक्कुमलुङमा बृहत जनप्रदर्शनकाे समेत तयारी भइरहेकाे थेगीमले बताएका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...