प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको प्रशिक्षण तथा जनजागरण कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

 

दमक, १४ माघ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिको एकदिने प्रशिक्षण तथा जनजागरण कार्यक्रम झापा लगायत विभिन्न जिल्लाहरुमा सम्पन्न भएको छ ।
शनिबार समितिले झापा लगायत सुनसरी, उदयपुर, इलाम लगायत जिल्लाहरुमा एकैसाथ सम्पन्न भएको हो ।
झापा विर्तामोडस्थित आदर्श ब्याङक्वैटमा सम्पन्न प्रशिक्षण कार्यक्रममा सङघीय सङघर्ष समितिका प्रतिनिधिहरूले प्रशिक्षण मन्तव्य राख्दै पहिचानको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउन गोलबन्द हुनुपर्ने कुरामा जोड दिए ।


कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिको एक घटक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष तथा सङघर्ष समितिको सङघीय प्रतिनिधि कुमार लिङदेनले प्रशिक्षण मन्तव्य राख्नुहुँदै विश्वमा विद्धमान रहेको पहिचान र स–अस्तित्वको व्याख्या गर्नुभयो । वहाँले पहिचानको आन्दोलनमा होमिएका पहिचानवादीहरू विभिन्न विचारधारामा आबद्ध रहेपनि एकबद्ध भई अघि बढ्नको विकल्प अरू नभएको बताउँनुहुँदै अहिलेको परिस्थितिमा प्रदेशको नाम कोशी खारेजी र प्रदेश नं. १ को नाम सभ्यता र ऐतिहासिक भूगोलको आधारमा पुनः नामाङकन गराउने रहेको बताउनु भयो ।

यसैगरी अर्का बक्ता कार्यक्रमका विशिष्ठ अतिथि सङघर्ष समितिका एक घटक प्रस्तावित नेपाल जनमूक्त पार्टीका बरिष्ठ तथा पहिचानवादी लिम्बुवानी नेता सञ्जुहाङ पालुङवाले प्रशिक्षण मन्तव्य राख्नुहुँदै शसक्त आन्दोलन नगरि राज्य सत्ताले टेरपुच्छर नलाउने बताउनुभयो । वहाँले अहिले उठिरहेको आन्दोलनले सफलता प्राप्ति नहुने बताउनुहुँदै संविधानमा व्यवस्था गरिएको अधिकार सुनिचश्चितता गर्न, गराउनको निमित्त लिम्बुवान, खम्बुवान, कोचिला, शेर्पालुङ जस्ता स्यायत्त सरकार गठन गरेर दवावमूलक सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।
यदि सरकारले नेपालको संविधानमा व्यवस्था गरिएअनुसार कार्यान्वयन गर्दैन भने अधिकार खोज्ने शक्तिहरू एक भएर उत्रिनुपर्छ भन्ने कुरामा जोड दिनुहुँदै सशक्त आन्दोलनमा होमिनको निमित्त सम्पूर्ण पहिचानवादी शक्तिहरूलाई पालुङवाले आव्हान गर्नुभयो ।


अर्का वक्ता जसपा नेपालका केन्द्रिय सदस्य सरू सिङगक र नागरिक उन्मुक्ति पार्टीका प्रदेश अध्यक्ष धनबहादुर पन्दाकले पहिचानको आन्दोलनमा सम्पूर्ण तह र तप्काका आन्दोलनरत पक्षका कार्यकर्ताहरू सङघर्षको मैदानमा उत्रन आव्हान गर्नुहुँदै फागुन १७ गतेको आम हडतालालाई सफल पार्न आजदेखि नै लाग्न अपिल गर्नुभयो ।
कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी, राजवंशी महिला विकास समितिका केन्द्रीय अध्यक्ष सनम राजवंशी, नेफिन झापाका पूर्व अध्यक्ष भरत श्रेष्ठ, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति नेपालका अध्यक्ष इन्द्रकुमार सेर्मा लगायतले मन्तव्य राखेका थिए ।
किरात राई यायोख्खा झापाका सल्लाहकार समर राईद्वारा स्वागत गरिएको कार्यक्रमका बक्ताहरूले मुन्धुमी धार्मिक आस्थाको केन्द्र मुक्कुमलुङ संरक्षण, संबर्द्धनको निमित्त हरेक कोणबाट सहयोग पुर्याउन र शसरीर आन्दोलनमा सहभागी हुन समेत आव्हान गर्नुभयो ।
प्रदेश नं. १ पुनः नामाङकन सङघर्ष समिति झापा संयोजक तथा नेफिन झापा अध्यक्ष पाण्डवलाल चौधरीको सभापतित्वमा सम्पन्न कार्यम्रममा इलाम चुलाचुली र झापाभरिका सङघर्ष समितिमा आबद्ध राजनैतिक दल, सामाजिक संघ–संस्था र स्थानीय स्तरमा गठित सङघर्ष समितिका नेता कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो ।
संयुक्त सङघर्ष समितिको प्रदेशव्यापी एकदिने प्रशिक्षण तथा जनजागरण कार्यक्रम झापाको संचालन किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष तथा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समिति झापा सदस्य सचिव सेसेहाङ फियाक लिम्बूले सञ्चालन गरेका थिए ।
यसैगरी संघर्ष समितिको आव्हानमा आइतबार धनकुटा र मोरङ्मा समेत कार्यक्रम सम्पन्न भएको खबर प्राप्त भएको छ । मोरङ्को बेलबारी र धनकुटाको धनकुटा बजारमा कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । यसैगरी शनिबार सुनसरीको धरान, उदयपुरको गाइघाट लगायत स्थानहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताए ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...