दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् । मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो।
दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष चयन गरेको छ । उपाध्यक्षत्रयमा एकराज तामाङ, रुपनारायण तामाङ गोले र महिला उपाध्यक्षमा बिनिता थिङ तामाङ चयन भएका छन्।
घेदुङको मुख्यसचिवको जिम्मेवारी फणीन्द्र तामाङले पाएका छन् । घेदुङ प्रदेश सदस्यमा हस्ताबहादुर तामाङ, खड्काकुमार तामाङ, धनबहादुर तामाङ, टेकबहादुर तामाङ, इन्द्रकुमार योन्जान, जयबहादुर तामाङ र जितेन्द्र तामाङ छन् ।
घेदुङ संघीय अध्यक्ष मोहन गोले प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल तामाङ घेदुङ वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन, १ न प्रदेश पूर्वअध्यक्ष मित्रसेन योन्जन लगायतले मन्तव्य राखेका थिए ।
तामाङ घेदुङ प्रदेश १ अध्यक्ष रेखबहादुर घिसिङको सभापतित्व तथा नेपाल तामाङ घेदुङ १ न प्रदेश मुख्यसचिव तिलक पाख्रिन तामाङले सञ्चालन गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जगतले प्रतिबद्धता मन्तव्य राख्नुका साथै विभिन्न व्यक्तिले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।





