धाननाँच प्रतिमा (ताक्वाजङ या:राक्मादेन)को उद्धाटन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, २६ पौष । किरात याक्थुङ चम्लुङ इजरायलको आर्थिक सहयोगमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ स्थित तोक्मे डाँडामा निर्मित धान नाच प्रतिमा (ताक्वाजङ या: सक्मादेन)को उद्धाटन गरिएको छ । बिहीबार करिब ८० लाखको लागतमा निर्मित उक्त प्रतिमाकाे कियाचु संघीय अध्यक्ष प्रेम यक्तेनको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

लिम्बु याक्थुङ् जातिको ऐतिहासिक, सांस्कृतिक परम्परालाई जीवन्त राख्न र त्यस ठाउँको इतिहासलाई लोप हुन नदिन कियाचु इजरायलको आर्थिक व्यवस्थापन तथा संयोजकत्वमा दुई महिला र दुई पुरुष धान नाचिरहेको प्रतिमा निर्माण गरिएको छ ।

पाँच फिट उचाईको पिलरमा रहेको प्रतिमाको पृष्ठभूमिमा कुम्भकर्ण हिमाल (फक्ताङलुङ), मुक्कुम्लुङको तस्वीर कोरिएको छ । निर्माणका लागि स्थानीय कृतिमान मादेनको संयोजकत्वमा किरात याक्थुङ चुम्लुङ जिल्ला ताप्लेजुङका पदाधिकारी सहितका ९ सदस्य निर्माण समिति गठन गरिएको थियो ।

उक्त समितिले भाद्र अन्तिमसम्म निर्माण सक्नेगरी काम सुरु गरेको भएतापनि केही ढिला गरी कार्य सम्पन्न गरेको हो । कांशको चार या ःलाङ (धान नाच) प्रतिमा बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएका मूर्तिकार पूर्ण वनेमसहित चार कालीगढ खटिएका थिए ।
धान नाँच याःलाङ प्रतिमा पुरुषको ६.५ र महिला ६ फिट उचाईमा निर्माण भएको संयोजक मादेनले बताए ।

स्तम्भको उद्धघाटन कार्यक्रममा धान नाच, च्याबुङ नाच (केःलाङ) समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कियाचु इजराइलकी अध्यक्ष नुमा काङभाकाे समेत उपस्थिति रहेकाे थियाे । कार्यक्रम जिल्ला अध्यक्ष इन्दीरा मेन्याङबाेकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

प्रतिमा उद्घाटनको अवसरमा साँझ राष्ट्रिय कलाकारहरूको साथमा भव्य संस्कृतिक कार्यक्रम समेत भएको थियो । उक्त सांस्कृतिक कार्यक्रमको आकर्षणका रूपमा गायिका रुक्साना लिम्बु, दिपा सुहाङ, नोगेन लिम्बु ,पुष्पाञ्जली तिलिङ (चपेतीको आमा), सुनिता केदेम र सेमिहाङ सिङ्गकले आ–आफ्ना प्रस्तुति दिएका थिए ।

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...