बिएण्डसी मेडिकल कलेजमामा एमबिबिएस पढाई शुरुः विदेशी विद्यार्थी पनि आकर्षित

,   लिम्बुवान न्युज
                       


दमक, २ माघ । झापा बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले पुस २६ गतेदेखि एमबिबिएस तहमा पढाइ सुरु गरेको छ । साविकको मेची अञ्चलमै पहिलोपल्ट विदेशीसहित ५० जना विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृतिपछि चिकित्सा शिक्षा एमबिबिएस तहमा पढाउन सुरु गरेको हो ।
कलेजले बेसिक साइन्स अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । बिर्तामोड–५ मा क्लिनिकले अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि ३०० बेडमा सञ्चालनमा रहेको छ ।
यही पुस २६ गतेदेखि पठनपाठन सुरु भएको बिएन्डसी मेडिकल कलेजमा अध्ययनरत ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् ।
स्वदेशी ३४ जनाध्ये पाँचजनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिस गिरीले झापा टुडेलाई जानकारी दिए ।

“पश्चिम बंगालको बागडोग्रा बिमानस्थलबाट ३८ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बिएण्डसी पहिलो रोजाई बनेको पाइयो,” जनसम्पर्क अधिकृत गिरीले भने,“हिजोका दिनमा नेपालीहरु मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता थियो, अब विदेशीहरु धाएर नेपालमा आउन थाले ।”
आफ्नै जिल्लामा एमबिबिएस तहको पठनपाठन गराउने झापाबासीको दशकौँ पुरानो चाहना बल्ल पूरा भएको गिरीले बताए । उनले मेडिकल कलेजका लागि २०६८ सालमा सरकारबाट आशयपत्र पाउँदा र २०७१ सालमा ३०० बेडको अस्पताल सञ्चालन हुँदा समेत पठनपाठन सुरु हुन एक दशक कुर्नु परेको बताए ।
बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बिएन्डसी कान्छो कलेज भएको जानकारी दिए । पठनपाठन सुरु हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको उनले बताए ।
उनले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बिएण्डसी मेडिकल कलेज रोजेको खुसी सुनाए । मेचीनगर–१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बायलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजी लगायतका सुविधासम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको शर्माले बताए ।
“शान्त र सुविधासम्पन्न छ पढाउने भवन,” उनले भने,“बेसिक साइन्स भवनमा पाँच तला छन् । दुईवटा ठुला सेमिनार हल छन् । सातवटा डिपार्टमेन्टका अलगअलग कक्षा कोठाहरु छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय छ ।”
सबै विद्यार्थीलाई छात्रावास सुविधा र शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै उनले झापामा बिएण्डसी अस्पतालको स्थापनापछि एक हजारजनाले प्रत्यक्ष रोजगार पाएको र अब कलेज सञ्चालन भएपछि अरु एक हजार रोजगारी सिर्जना हुने बताए ।
“भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिका दृष्टिले बिएण्डसीले धेरै अगाडि मेडिकल कलेजको सम्बन्धन पाउनु पथ्र्यो,” प्रिन्सिपल शर्माले भने,“सुरुमै पढाई हुन पाएको भए यतिखेर एक हजारजनाले एमबिबिएस उत्तीर्ण गरिसक्थे भने यहाँ पढाउनेहरु प्रोफेसर भइसक्थे ।”
झापाको आर्थिक विकासमा बिएण्डसी मेडिकल कलेज र हस्पिटलले ठुलो टेवा पुर्याएको र जिल्लालाई मेडिकल शिक्षा र मेडिकल टुरिजमको हब बनाउने बाटो खुलाएको उनको धारणा छ ।
सर्वोच्च अदालतले २०८० चैत १३ गते बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो । बिएण्डसी मेडिकल एण्ड टिचिङ हस्पिटल नागरिक बचाउ महाअधियानका संयोजक दुर्गा प्रसाईको लगानीमा बनेको हो ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;