पान्थरमा भावना इङवाको संयोजकत्वमा संयुक्त पहिचानवादी महिला मोर्चा गठन

 लिम्बुवान न्युज
                       


दमक, १० माघ । पान्थरमा संयुक्त पहिचानवादी महिला मोर्चाको जिल्ला समिति गठन भएको छ । पान्थरको फेदेनमा भएको एक कार्यक्रमले नेत्री भावना इङवाको संयोजकत्वमा ४८ सदस्यीय महिला मोर्चा गठन गरेको हो ।

यसैगरी उक्त समितिको सहसंयोजकहरुमा नरमाया धमला, टीका केरुङ र सदस्य सचिवमा नविना राई सहित चयन भएका छन् ।

कार्यक्रममा मोर्चाका जिल्ला संयोजक दिलेन्द्र कुरुम्बाङ, नेताहरु रामभक्त कुरुम्बाङ, प्रेमराज लावती, एलबी पालुङवा, दिपा लक्सम, विराज आङदेम्बे, चन्द्रराज आङदेम्बे, राकेश माङ्मु, श्री सेलिङ, अर्जुन स्याङबो लगायत नेताहरुले कार्यक्रममा आ–आफ्ना विचारहरु राखेका थिए ।

कार्यक्रमले पहिचान पक्षधरहरु एक हुनु थप मद्दत पुगेको जनाउँदै यसरी नै अन्य पहिचान पक्षधरहरुलाई पनि संयुक्त पहिचानवादी मोर्चामा आउन वक्ताहरुले अपिल गरेका छन् । कार्यक्रम संयाेजकमा चयन हुनभएकी भावना इङ्वाकै अध्यक्षतामा भएको हाे ।

संयुक्त पहिचानवादी माेर्चामा नेपाल जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी प्रदेश नं. १, पहिचानवादी माेर्चा र प्रदेश नं. १ पुनः नामाकरण अभियान समिति चार वटा संगठनहरू समाहित छन् ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...