कियाचु दमकको ताम्भुङ्चा थिम्बे सम्पन्न (फोटो फिचर)

 लिम्बुवान न्युज
                       

दमक, १२ माघ । किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको आयोजनामा येले तङ्बे ५०८५ तथा कक्फेवा तङनामको अवसरमा शुक्रबार ताम्भुङचा थिम्बे बनभोज कार्यक्रम आयोजना गरेको छ ।
झापा र इलामको संगम चुलाचुली ५ चपेटीस्थित बनभोजस्थलमा सयौंको उपस्थितिमा भव्य भएको सम्पन्न भएको कियाचु दमकका नगर अध्यक्ष देवेन्द्र चेम्जोङले बताउनु भयो ।
कियाचु दमकको आयोजनामा भएको उक्त कार्यक्रममा दमकका याक्थुङबाहरुको बाक्लो उपस्थिति रहेको थियो भने छिमेकी पालिका कमल, चुलाचुली लगायतबाट पनि कार्यक्रममा सहभागी भएको अध्यक्ष चेम्जोङले बताउनु भयो । कियाचु संघीय सदस्यहरु, प्रदेश समिति, झापा जिल्ला समिति लगायतका कियाचु प्रतिनिधिहरुपनि ताम्भुङचा थिम्बेमा सहभागी भएको वहाँले बताउनु भयो ।
ताम्भुङचा कार्यक्रममा धान नाँच, ख्याली, हाक्पारे, पःलुङ, डोरी तान्ने लगायत विविध सांगीतिक प्रस्तुतीहरु सहित कार्यक्रम सम्पन्न भएको कियाचु दमकले जनाएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;