
ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् ।
लामो समयदेखि मुक्कुमलुङमा केवलकार बनाउने र बनाउन नहुने पुक्षविच विवाद भई आन्दोलन चलिरहेको छ । संरक्षणकर्ताहरु मुक्कुमलुङमा केवलकार बन्नु नहुने भन्दै लिम्बु याक्थुङहरुको आस्थाको धरोहर मुन्धुमीक्षेत्रको संरक्षण, प्रवद्र्धन गर्नुपर्नेमा सरकार पक्ष केवलकार निर्माण गर्न जवर्जस्ती गरिरहेको सरोकारवालाहरुको आपोप छ ।
मुक्कुमलुङ ताङ्सेःप चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले संयुक्त पत्रकार सम्मेलन गरेर संघर्षका विभिन्न चरणबद्ध कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले राज्य तथा केवलकार निर्माण पक्षबाट गम्भीर प्रकारको मानवअधिकार उलङ्घन र हनन् भएको भन्दै दोषीहरुमाथि कडा कारवाही गरिने पर्ने समेत माग राखेका छन् ।
मंसिर १८ गते पत्रकार सम्मेलन गर्दै कार्यक्रम घोषणा गरेको संघर्ष समितिले २२ गते ताप्लेजुङका विभिन्न स्थानहरुमा भेला तथा छलफल गर्ने कार्यक्रम गर्ने जनाएको छ । यसरी नै माघ १२ गते प्रदेश १ को जिल्लाहरुको सदरमुकाम र मुख्य शहरहरुमा, मेची लोकमार्ग र तमोर करिडोरमा कोणसभा गर्ने । माघ १४ गते मेची र तमोर करिडोरमा विरोध प्रदर्शन तथा सचेतना कार्यक्रम गर्ने जनाइएको छ ।

यसैगरी माघ १६ गते ताप्लेजुङस्थित फुङलिङमा जनप्रदर्शन तथा कोणसभा गर्ने । १७ गते मुक्कुमलुङ आन्दोलनमा घाइते भएकाहरुलाई फुङलिङ बजारमा सम्मान कार्यक्रम गर्ने तयभएको जनाइएको छ ।
माघ १८ गते हाक्पारे –कान्छीथान) देखि मुक्कुमलुङ माङथान स्थलसम्म धागो टाँग्ने कार्यक्रम आयोजना गर्ने संघर्ष समितिले जनाएको छ । यसरी नै १९ गते मुक्कुमलुङ क्षेत्रमा विरोध प्रदर्शन तथा कोणसभाको आयोजना गर्ने रहेको छ । यसैगरी माघ २० गतेदेखि मसान्तसम्म प्रदेश १ को सबै जिल्ला, गाउँपालिका, नगरपालिका तथा वडा–वडाहरुमा मुक्कुमलुङ संरक्षण बारे साथै केवलकार खारेजी, शसस्त्र प्रहरी मुक्कुमलुङ क्षेत्रबाट फिर्ता, पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, मुक्कुमलुङ संरक्षणकर्ताहरुमाथी लगाईको मुद्दा खारेजी, राज्य तथा केवलकार निर्माण पक्षबाट भएको गम्भीर मानवअधिकार उल्लंघनका विषयलाई चुनावी एजेण्डा बनाएर लाने कार्यक्रम तयभएको बताइएको छ ।
ताप्लेजुङको फुङलिङ र ललितपुरस्थित चुम्लुङहिममा भएको पत्रकार सम्मेलनमा संघर्ष समितिका अगुवा नेताहरुको उपस्थिति रहेको थियो भने चुम्भोमा आबद्ध १४ वटा संस्थाहरु र अन्तरदलीय संघर्ष समितिमा आबद्ध ११ वटा दलहरुले संयुक्तविज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।
विज्ञप्ति तल हेर्नुहाेस्ः
