कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

 लिम्बुवान न्युज
                       

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् ।

शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक एवम् चुम्लुङ संघीय उपाध्यक्ष कमल तिगेलाले जानकारी दिए ।

समितिका उपाध्यक्षमा तिर्थ साउदेन र दिलकुमारी लिम्बू, मुख्यसचिव दिलकुमार लावती, सहसचिवमा दिलु लिङदेन र प्रेम तुम्बा एवम् कोषाध्यक्षमा महेश्वर हुक्वा चोङवाङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा तेह्रथुमबाट नारायण आङलाङ र अरुणा सुक्वाबा, ताप्लेजुङबाट मनिस हेल्लोक, पाँचथरबाट मनकुमार आङदेम्बे, इलामबाट पदम ताम्लिङ र धनमाया लिम्बू निर्वाचित भएको निर्वाचन समिति सदस्य सागर सरगम चेम्जोङले जानकारी दिए ।

त्यस्तै झापाबाट धनप्रसाद केरुङ र बन्दना नेम्बाङ, मोरङबाट फिपराज लिम्बू र गीता खजुम, सुनसरीबाट किशोर सम्बाहाम्फे र गोपीमाया लिम्बू, धनकुटाबाट सकुन्ता आङदेम्बे र दौलतमान लिम्बू निर्वाचित भएका छन् ।

ताप्लेजुङ र पाँचथरबाट महिला सदस्य र संखुवासभाबाट प्रदेश सदस्य खाली राखिएको छ । खाली रहेको ४ जना र मनोनित गर्नुपर्ने ४ जना कार्यसमितिले मनोनित गर्ने जनाइएको छ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई चुम्लुङका संघीय उपाध्यक्ष एवम् निर्वाचन समिति संयोजक कमल तिगेलाले प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

अधिवेशनको बन्दसत्रमा तत्कालीन मुख्यसचिव नरेन्द्रराज केरुङले साँगठानिक र कोषाध्यक्ष विन्द्र नाल्बोले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिनिधिहरुको सुझावका आधारमा संसोधनसहित दुवै प्रतिवेदन पारित गरिएको थियो ।

निवर्तमान अध्यक्ष मधु केरुङको अध्यक्षता र संघीय सल्लाहकार एवम् संस्थापक नरप्रसाद लुङफुङ्वाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा चुम्लुङ झापा, मोरङ र सुनसरी शाखालाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...