कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

 लिम्बुवान न्युज
                       

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् ।

शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक एवम् चुम्लुङ संघीय उपाध्यक्ष कमल तिगेलाले जानकारी दिए ।

समितिका उपाध्यक्षमा तिर्थ साउदेन र दिलकुमारी लिम्बू, मुख्यसचिव दिलकुमार लावती, सहसचिवमा दिलु लिङदेन र प्रेम तुम्बा एवम् कोषाध्यक्षमा महेश्वर हुक्वा चोङवाङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा तेह्रथुमबाट नारायण आङलाङ र अरुणा सुक्वाबा, ताप्लेजुङबाट मनिस हेल्लोक, पाँचथरबाट मनकुमार आङदेम्बे, इलामबाट पदम ताम्लिङ र धनमाया लिम्बू निर्वाचित भएको निर्वाचन समिति सदस्य सागर सरगम चेम्जोङले जानकारी दिए ।

त्यस्तै झापाबाट धनप्रसाद केरुङ र बन्दना नेम्बाङ, मोरङबाट फिपराज लिम्बू र गीता खजुम, सुनसरीबाट किशोर सम्बाहाम्फे र गोपीमाया लिम्बू, धनकुटाबाट सकुन्ता आङदेम्बे र दौलतमान लिम्बू निर्वाचित भएका छन् ।

ताप्लेजुङ र पाँचथरबाट महिला सदस्य र संखुवासभाबाट प्रदेश सदस्य खाली राखिएको छ । खाली रहेको ४ जना र मनोनित गर्नुपर्ने ४ जना कार्यसमितिले मनोनित गर्ने जनाइएको छ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई चुम्लुङका संघीय उपाध्यक्ष एवम् निर्वाचन समिति संयोजक कमल तिगेलाले प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

अधिवेशनको बन्दसत्रमा तत्कालीन मुख्यसचिव नरेन्द्रराज केरुङले साँगठानिक र कोषाध्यक्ष विन्द्र नाल्बोले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिनिधिहरुको सुझावका आधारमा संसोधनसहित दुवै प्रतिवेदन पारित गरिएको थियो ।

निवर्तमान अध्यक्ष मधु केरुङको अध्यक्षता र संघीय सल्लाहकार एवम् संस्थापक नरप्रसाद लुङफुङ्वाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा चुम्लुङ झापा, मोरङ र सुनसरी शाखालाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

२०८३ सालमा हुने सार्वजनिक विदा: सूची सहित हेर्नुहोस्

दमक, १९ फागुन । नेपाल सरकारले विक्रम सम्वत २०८३ सालको विदा सार्वजनिक गरेको छ । यहि फागुन १३ गते बसको मन्त्रीपरिषदले सार्वजनिक विदा निर्धारण गरेको थियो । सोही निर्णय अनुसार मंगलबार सरकारले विदा सुची राजपत्रमा...

आदिवासी जनजाति ‘पैसाले किन्न’ र ‘विक्न सक्ने वर्ग’ हुन भन्ने सोविता गौतमलाई २४घण्टामा माफी माग्न माग

ललितपुर, १९ फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद, चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा चितवन क्षेत्र न.३ की प्रत्येक्ष उम्मेदवार सोविता गौतमले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार महासंघले जारी गरेको...

मुक्कुमलुङ संरक्षण, केवलकार खारेजी र नो कोशीमा प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारलाई मत नदिन अपिल

ललितपुर, १७ फाल्गुन । प्रदेश नं. १ मा रहेको पहिचान पक्षधरहरुले मुक्कुम्लुङ संरक्षण, कोशी नाम खारेजी तथा मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनाको विरोध गर्दै दल तथा उम्मेदवारलाई मत नदिन मतदातासँग अपिल गरेका छन् । शनिबार...

संयुक्त पहिचानवादी मोर्चा पुनःस्थापितः संयोजकमा चेम्जोङ्

ललितपुर, १६ फाल्गुन । संयुक्त पहिचानवादी मोर्चा पुनःस्थापित भएको छ । मोर्चाले शनिबार पुनःगठन भएको घोषणा गर्दै आठबुँदे कार्यक्रम सार्वजनिक गरेको हो । मोर्चाले विज्ञप्ति जारी गर्दै २९ सदस्यीय नयाँ कार्यक्रम समिति गठन गरेको जनाएको...