सरकारद्वारा भूमिहिन दलित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्न निर्देशन

 लिम्बुवान न्युज
                       

काठमाडौं । सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहिनको लगत संकलन गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै १८ घण्टा खटेर भए पनि काम गर्ने बताए । कार्यक्रममा आयोगका पदाधिकारीले अहिलेसम्म गरेको कार्य प्रगति र भावी लक्ष्य समेत प्रस्तुत गरेका थिए । आयोगका अनुसार ७४ जिल्लाका ४ सय १ स्थानीय तहसँग भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन कार्यका लागि समझदारी भइसकेको छ ।

१४ वटा स्थानीय तहमा लगत संकलन कार्य जारी रहेको साथै आगामी फागुनसम्ममा ७ सय ५३ स्थानीय तहसँग समझदारी गरी एक सय स्थानीय तहको लगत संकलन कार्य सम्पन्न गरिने जनाएको छ ।

७ वटा प्रदेशमा कम्तिमा ५ लाख परिवारको विवरण संकलन गरिने आयोगले जनाएको छ । आयोगका अनुसार २०७८ साल असारसम्ममा १ सय स्थानीय तहको नापजाँच कार्य सम्पन्न गरी थोरैमा ५० हजारलाई जग्गाधनी पूर्जा वितरण गरिने लक्ष्य रहेको समेत बनाएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...