माघ ३० मा प्रेस युनियन माइपश्चिमको बनभोज

 लिम्बुवान न्युज
                       

दमक। नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले यसवर्ष पनि बनभोज कार्यक्रमलाई निरन्तरता दिने भएको छ । दुई वर्षदेखि बर्सेनी आयोजना गरिदै आएको वनभोज कार्यक्रमलाई यसवर्ष पनि यहि माघ ३० गते शुक्रवार आयोजना गरिने निर्णय भएको अध्यक्ष विष्णु सुब्बाले वताए ।

संगठनका सदस्य तथा परिवारहरुवीच आपसी भाइचारा अभिबृद्धि गर्न वनभोजलाई यसवर्ष पनि निरन्तरता दिईएको उनले वताए । वनभोज इलामको चुलाचुली ५ स्थित चपेटीमा हुने छ ।

बनभोज भव्य रुपमा सम्पन्न गर्न युनियनका जिल्ला सदस्य नगेन्द्रमणी न्यौपानेको संयोजकमा तीन सदस्यीय तयारी व्यवस्थापन उपसमिति गठन गरि काम थालिएको जनाईएको छ ।

बनभोजमा माइपश्चिम क्षेत्रका युनियन सदस्यहरु, विभिन्न पत्रकारजन्य संघसंगठनका नेतृत्व तथा सञ्चार गृहका चार दर्जन बढी पत्रकारहरुको सहभागिता रहने संयोजक न्यौपानेले वताएका छन् ।

सम्बन्धित समाचार

शुसीला कार्कीले प्रधानमन्त्रीकाे लिइन् सपथ

काठमाडाैं, २७ भदाैं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ६१ बमोजिम नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति  पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो...

गृहमन्त्री लेखकले दिए राजीनामा

ललितपुर, २३ भदाैं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका...

जेन जि आन्दोलन देशब्यापी: १४ को मृत्यु: सयौं घाइते

ललितपुर, २३ भदौ / जेन-जीको देशव्यापी प्रदर्शन जारी, केही नेटवर्कमा भीपीएन बिनै चल्न थालेको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनदेखि भ्रष्टाचार अन्त्यको माग गर्दै जेन-जी पुस्ताले गरिरहेको विरोध प्रदर्शनले हिंसात्मक रूप लिँदै गएको छ ।...

सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम  मात्र होईन : अन्यायको विरोध गर्ने ठाउँ पनि हो !

प्रेमचन्द्र झा नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ। राष्ट्रियताको नाममा, सामाजिक सद्भावको रक्षा गर्ने बहानामा, वा झूटा सूचना नियन्त्रण गर्ने नाउँमा सरकारले विभिन्न चरणमा सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने...