जेन जि आन्दोलन देशब्यापी: १४ को मृत्यु: सयौं घाइते

 लिम्बुवान न्युज
                       

 

यसबिचमा केही इन्टरनेट सेवा प्रदायकहरूको नेटवर्कबाट भने भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोगबिना नै फेसबुक, मेसेन्जर लगायतका सामाजिक सञ्जालहरू चल्न थालेका छन् । यद्यपि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएको बारेमा कुनै आधिकारिक सूचना जारी गरेको छैन ।

राजधानीलगायत देशका प्रमुख सहरहरूमा जेन-जी युवाहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । यसबिचमा कम्तीमा १४ जनाको मृत्यु तथा सयाैँ जना घाइते भएको विवरण प्राप्त भएको छ । गाडी जलाउने र सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने जस्ता हिंसात्मक गतिविधिहरू पनि बढेका छन् ।

सरकारले सूचीकरणमा नआएको भन्दै १९ भदाैदेखि २६ ओटा प्लेटफर्म नेपालमा बन्द गराएको थियो । यस प्रतिबन्धको विरोधमा युवा पुस्ताले चर्को आवाज उठाउँदै आएका छन् । उनीहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हननका रूपमा लिएका छन् ।

 

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...