कर्णाली सरकारले प्रदेशका सबै संचारगृहलाई एक–एक लाख रुपैयाँ दिने निर्णय

 लिम्बुवान न्युज
                       

माघ २७, लिम्बुवानखबर । कर्णाली प्रदेश सरकारले प्रदेशमा रहेका सबै सञ्चार गृहलाई एक÷एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

कोरोना भाइरसले थला परेको आमसंचारलाई मध्यनजर गर्दै प्रदेश भित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमाहललाई एक–एक लाख दिने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कोरोना महामारीको ठूलो असर सञ्चार क्षेत्रमा पनि परेको छ । त्यसैले प्रदेशभित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमा हललाई एक–एक लाख दिने निर्णय गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री भण्डारीले नेपाली जनताको आशु, रगत र पसिनाबाट लेखिएको संविधानका हरफहरु मेटिने हो कि भन्ने चिन्ता व्यक्त गर्दै जनताको बलिदानबाट प्राप्त अधिकार खोसिने हो कि भन्ने यतिबेला नेपाली जनमा एउटा आशंका उब्जिएको बताएका छन् । ‘यो बेला कलम चलाउने आम संचारकर्मीहरुले कलम चल्न आवश्यक छ,’ मन्त्री भण्डारीले भने ।

पत्रकार महासंघ सुर्खेत शाखाको २५ औँ साधारणसभामा नौ जना पत्रकार सम्मानित भएका छन् । शान्ति र विकास पत्रकारिता पुरस्कारबाट देवीराम देवकोटा, डम्मर आचार्य, चाँदनी कठायत, भानुभक्त खड्का सम्मानित भएका छन् । त्यस्तै खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कारबाट खिम बुढा र मानबहादुर वली, वर्ष पत्रकारिता पुरस्कारबाट ललित बुढा र मधुवन बिसी, स्वर्गीय पत्रकार नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कारबाट गीता थापा सम्मानित भएको महासंघ सुर्खेतका शाखा अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिएकी छन् ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...