पवित्रहाङमा कप फूटबलको फाइनदलमा एपिएससी माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक भिड्दै

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङमा जारी ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगितामा ए.पी.एस.सी.माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक उपाधीको लागि आज भिड्दैछन् ।

शनिबार भएको पहिलो सेमीफाइनल खेलमा धरान फुटबल क्लब सुनसरीलाई २–१ पराजित गर्दै रोयल स्पोर्टीङ क्लब दमक उपाधि नजिक पुगेको हो ।

रोयलकी दीपा साहीले खेलको ५ औं मिनेटमा पहिलो गोल गरेकी थिइन । फेरी २९ औं मिनेटमा रोयलले पाएको फ्रि किकमा धरानकी सुनाली लिम्बूको हेडमार्फत आत्माघाती गोल भएपछि रोयलको जित सनिश्चित भएको थियो ।

दास्रो हाफमा खेलको ७ औं मिनेटमा वविता विकको गोलबाट खेलमा फर्किने संकेत देखाएपनि धरानले हार टार्न भने सकेन ।

यसरी नै सोही दिनको दोश्रो सेमीफाइनलमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीलाई २–० गोल अन्तरले पराजित गर्दै ए.पी.एस.सी. माङसेबुङ फाइलनमा प्रबेश गरेको छ ।

माङसेबुङकी लक्ष्मी ठटालले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलएकी थिइन ।

त्यस्तै दोस्रो हाफमा खेलको दोस्रो मिनेटमानै पुनः माङसेबुङकै लक्ष्मीले व्यक्तिगत दोस्रो गोल गर्दै सहज जित दिलाइन । खेलको वुमन अफ दी म्याच चतराकी गंगा राई घोषित भईन ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन ।

आज फूटबलको फाइनल खेलको अलावा प्रतियोगितामा अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, गाग्री भर्ने, माला उन्ने, चम्चा दौड, कराते लगायतका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

म्याराथुनमा प्रथम हुनेले ५ हजार १ सय ६५, दोस्रोले ४ हजार १ सय ६५, तेस्रोले ३ हजार १ सय ६५ र सान्तवना हुनेले २ हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजना गरिएको प्रतियोगिता बिहिबारबाट शुरु भएको हो ।

(तस्वीर माङसेबुङन्यूज अनलाइनबाट)

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...