प्रेस संगठन झापाको चुनावी अभियान शुरुभएको घोषणा

 लिम्बुवान न्युज
                       

मेचीनगर। प्रेस संगठन झापाको बिस्तारित बैठकले आसन्न पत्रकार महासंघको निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान घोषणा गरेको छ । संगठनका केन्द्रीय सदस्य बिमल लामिछानेको संयोजकत्वमा ७ सदस्यीय संगठन सुदृढीकरण तथा निर्वाचन परिचालन कमिटी गठनसँगै अभियान घोषणा गरेको हो ।

शनिबार काँकडभिट्टामा बसेको प्रचण्ड–माधव पक्ष खेमाको प्रेस संगठनको बैठकले जिल्लामा संगठन बिस्तारसँगै पत्रकार महासंघको आसन्न निर्वाचनका लागि अन्य संगठनहरुसँग वार्ता, समन्वय, उम्मेद्वार चयन र सिफारिस गर्न उक्त कमिटी गठन गरिएको जनाएको छ ।

संगठनका झापा अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा भएको बैठकद्वारा गठित सदस्यहरुमा दयाराम दाहाल, तीर्थ सिग्देल, तारामणि सापकोटा, भीमा शिवाकोटी, मुक्ति पौडेल र राजु अधिकारी रहेका छन् । भेलाले बिभिन्न क्षेत्रमा रहेका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्नुका साथै फिल्डमा कार्यरत सञ्चारकर्मीका समस्याको बिषयमा मत संकलन गर्ने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष पौडेलले वताएका छन् । सञ्चारकर्मीको पेशागत सुरक्षा तथा दक्षता अभिबृद्धिमा गर्न सक्ने कार्यहरुका बारेमा सुझाव दिन संगठनले झापाली सवै पत्रकारहरुसंग आग्रह गर्ने निर्णय समेत गरिएको जनाईएको छ ।

यसअघि नेपाल प्रेस युनियन झापाले पनि नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई लक्षित गरि युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईको संयोजकत्वमा सात सदस्यीय एक कार्यदल गरेको युनियनका जिल्ला अध्यक्ष इन्दु पूर्वेलीले वताईन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;