प्रेस संगठन झापाको चुनावी अभियान शुरुभएको घोषणा

 लिम्बुवान न्युज
                       

मेचीनगर। प्रेस संगठन झापाको बिस्तारित बैठकले आसन्न पत्रकार महासंघको निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान घोषणा गरेको छ । संगठनका केन्द्रीय सदस्य बिमल लामिछानेको संयोजकत्वमा ७ सदस्यीय संगठन सुदृढीकरण तथा निर्वाचन परिचालन कमिटी गठनसँगै अभियान घोषणा गरेको हो ।

शनिबार काँकडभिट्टामा बसेको प्रचण्ड–माधव पक्ष खेमाको प्रेस संगठनको बैठकले जिल्लामा संगठन बिस्तारसँगै पत्रकार महासंघको आसन्न निर्वाचनका लागि अन्य संगठनहरुसँग वार्ता, समन्वय, उम्मेद्वार चयन र सिफारिस गर्न उक्त कमिटी गठन गरिएको जनाएको छ ।

संगठनका झापा अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा भएको बैठकद्वारा गठित सदस्यहरुमा दयाराम दाहाल, तीर्थ सिग्देल, तारामणि सापकोटा, भीमा शिवाकोटी, मुक्ति पौडेल र राजु अधिकारी रहेका छन् । भेलाले बिभिन्न क्षेत्रमा रहेका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्नुका साथै फिल्डमा कार्यरत सञ्चारकर्मीका समस्याको बिषयमा मत संकलन गर्ने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष पौडेलले वताएका छन् । सञ्चारकर्मीको पेशागत सुरक्षा तथा दक्षता अभिबृद्धिमा गर्न सक्ने कार्यहरुका बारेमा सुझाव दिन संगठनले झापाली सवै पत्रकारहरुसंग आग्रह गर्ने निर्णय समेत गरिएको जनाईएको छ ।

यसअघि नेपाल प्रेस युनियन झापाले पनि नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई लक्षित गरि युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईको संयोजकत्वमा सात सदस्यीय एक कार्यदल गरेको युनियनका जिल्ला अध्यक्ष इन्दु पूर्वेलीले वताईन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...