झापाका पत्रकार दवाडी पत्नी शोकमा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। शिवसताक्षी निवासी पत्रकार सताक्षी प्रेस क्लबका निवर्तमान अध्यक्ष छबिलाल दवाडी पत्नी शोकमा परेका छन् ।
शिवसताक्षी ११ दुधे निवासी पत्रकार दवाडीकी ५९ बर्षिया धर्मपत्नी अनिता दवाडीको आज मंगलबार दिउँसो साढे ३ बजे अचानक निधन भएको हो ।

घरायसी कामकै सिलसिलामा एक्कासी बेहोस भएर लडेकी दवाडी पत्नीलाई तत्काल उपचारका लागि विर्ता सिटी अस्पताल विर्तामोड पुरयाइएको थियो । उनलाई तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका छन ।

स्वर्गीय दवाडीको भोलि बुधबार बिहान ९ बजे कन्काई नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । पत्रकार दवाडी झिलभिलेबाट प्रकाशित हुने सताक्षी खबर साप्ताहिकका सह–सम्पादक हुन् । पत्रकार दवाडीका एक मात्र छोरा राम दवाडी र बुहारी शोभा छन् ।

सम्बन्धित समाचार

संविधान २०७२ विभेदकारी संविधान हो – प्रा.डा. महेन्द्र लावती 

ललितपुर, २ असोज । संयुक्त पहिचानवादी मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले २०७२ को संविधान विभेदकारी भएको बताएका छन् । संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएपनि कागजी अक्षरमा मात्र सिमित रहेको स्पष्ट रहेको छ ।...

जेनजी नेपालकाे एक समूहले सात माग राख्दै गृहमन्त्रीलाइ बुझाए ज्ञापनपत्र

काठमाडाैं,२ असाेज । जेनजीको पचास प्रतिशत सहभागिता माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई जेनजी आन्दोलनको एउटा समूहले सरकारमा साँत बुँदे  ज्ञापनपत्र बुझाएको छ। बिहीबार गृहमन्त्नी अर्याललाई भेटेर जस्मिन ओझा नेतृत्वको ‘जेनजी नेपाल’ समूहले सरकारमा जेन–जीको ५०...

जेनजी आन्दोलन आदिवासी मुद्दा प्रति उदासिन रहेकाे भन्दै जेनजी आदिवासी परामर्शमा जुट्दै

 काठमाडाैं, १ असाेज । भ्रष्ट्रचार, परिवारवाद, नाताबादको विरोधमा सुरु भएको जेएनजीको आन्दोलनको परिणाम संस्थागत गरिरहँदा सोही आन्दोलनमा सहभागी आदिवासी जेएनजीहरु भने अन्यौलमा परेको देखिएको छ । खास गरेर मूलधारको जेएनजीको आन्दोलनमा आदिवासीको सवाल समेट्न नसकेकोमा...

तीन मन्त्रीको टुंगो लाग्योः अर्थमा रामेश्वर, गृहमा ओमप्रकाश र उर्जामा कुलमान

ललितपुर, २९ भदौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जामा कुलमान घिसिङको...