संविधान २०७२ विभेदकारी संविधान हो – प्रा.डा. महेन्द्र लावती 

,   लिम्बुवान न्युज
                       

ललितपुर, २ असोज । संयुक्त पहिचानवादी मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले २०७२ को संविधान विभेदकारी भएको बताएका छन् । संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएपनि कागजी अक्षरमा मात्र सिमित रहेको स्पष्ट रहेको छ ।
विहिबार एक विज्ञप्ति जारी गर्दै संयोजक लावतीले धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता र संघीयतामा संविधान सकारात्मक भएतापनि भ्रष्टाचार, सुशासन र सामाजिक न्यायको सवालमा संविधान उदासिन रहेको बताएका छन् । अझ आदिवासी जनजाति, मधेशी, महिला, दलित, मुश्लिम, अल्पसंख्यक धर्मावलम्बीहरुको हकमा यो संविधान विभेदकारी भएको विज्ञप्तिमा लावतीले स्पष्ट पारेका छन्।
 पहिचानवादीहरुको कालो दिन भएको बताएका छन् ।
नागरिकताको सवालमा विभेद, बहुसांस्कृतिक समाजमा एकल जातीइ संघीयताको स्थापना र एकल जातीयताको निरन्तरता साथै प्रदेशका सिमाङकान र नामाङ्कनमा समेत एकल नश्लीयता स्पष्ट झल्कने पहिचानलाई नसमेट्ने एउटै भाषा मात्र सरकारी कामकाजको भाषा बनाउने, सबै निकायमा नियुक्ति समावेशी र समानुपातिक सिद्धान्तमा नराख्ने लगायतका प्रावधानहरु समावेश गरेको संविधान आम नेपालीको पक्षमा नरहेको हुँदा पुनःलेखन अनिवार्य रहेको स्प्ष्ट पारेका छन् ।
पहिचान पक्षधरहरुले संविधान पुनःलेखन गरेर न्यूनतम १०+१ प्रान्तहरु निर्माणका साथै निर्वाचन प्रणाली पूर्ण समानुपातिक प्रणालीमा गराउन र देशमा विधिको शासन स्थापित गरेर लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्न अपरिहार्य रहेको संयोजक लावतीले उल्लेख गरेका छन् ।
विज्ञप्ति हेर्नुहोस्ः

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;