जेनजी नेपालकाे एक समूहले सात माग राख्दै गृहमन्त्रीलाइ बुझाए ज्ञापनपत्र

,   लिम्बुवान न्युज
                       

काठमाडाैं,२ असाेज । जेनजीको पचास प्रतिशत सहभागिता माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई जेनजी आन्दोलनको एउटा समूहले सरकारमा साँत बुँदे  ज्ञापनपत्र बुझाएको छ।

बिहीबार गृहमन्त्नी अर्याललाई भेटेर जस्मिन ओझा नेतृत्वको ‘जेनजी नेपाल’ समूहले सरकारमा जेन–जीको ५० प्रतिशत र ५ प्रतिशत नागरिक समाजबाट प्रतिनिधित्व हुनुपर्ने माग राखेको हो।

प्रधानमन्त्री सुशीला कार्कीले बीबीसी नेपालसँगको अन्तरवार्तामा आफूले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने बताइसकेकी छन् । अर्थात् जेन–जी समूहले अहिलेको सरकारमा कम्तीमा पाँच जना मन्त्री हुनुपर्ने माग राखेको हो।

उक्त समूहले मन्त्रालय र सरकार सञ्चालनमा जेन–जीको नेतृत्व हुनुपर्ने, सरकारको उच्चस्तरीय सल्लाहकारमा जेनजी प्रतिनिधित्व हुनुपर्ने, मुख्य सचिव र सरकारका सचिवहरूको सचिवालयमा समेत जेनजीको प्रतिनिधित्व हुनुपर्ने मागपत्रमा राखेको हो।

जेनजीले राखेका मागहरू निम्न रहेका छन्ः

१. सरकारमाजेनजीकाे ५० प्रतिशत र नागरिक समाजबाट ५ प्रतिशत प्रतिनिधित्व अनिवार्य हुनुपर्ने।

२. प्रत्येक मन्त्रालय र सरकार सञ्चालनकाे जेनजीकाे नेतृत्व हुनुपर्ने र सरकार संचालनकाे उच्चस्तरिय सल्लाहकारमा जेनजीकाे प्रतिनिधि अनिवार्य सहभागिता हुनुपर्ने ।

३. संवैधानिक आयाेग, राजदुत नियुक्ति ५० प्रतिशत जेनजीकाे प्रतिनिधित्व हुनुपर्ने र नेपाल सरकारकाे मुख्य सचिव रअन्य सचिवकाे सचिवालयमा जेनजीकाे प्रतिनिधित्व हुनुपर्ने ।

४. जिल्लाकाे सिडियाे, स्थानीय तहकाे लेखापाल र कार्यकारी प्रमुख जेनजीकाे समन्वयमा पठाउनु पर्ने ।

५.  जिल्ला समन्वय समितिलाइ तत्काल खारेजी गरि जेनजीलाइ सरकार र काम कारवाहीकाे प्रतिपक्ष भूमिकामा रहने गरि निष्पक्ष खबरदारी गर्ने सार्वजनिक संस्थाका रूपमा विकास गरिनु पर्ने ।

६. भन्सार,जिल्लाका मालपाेत र न्यायलयका प्रमुख पदहरूमा जेनजीकाे प्रतिनिधि तथा जेनजीले सिफारिस गरेकाे प्रतिनिधि हुनुपर्ने ।

७. नेपाल सरकारले सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू जस्तै भन्सार, मालपाेत, नापी, सडक विभाग, जिल्ला प्रशासन लगायतका कार्यालयमा खटिने कार्यालय प्रमुख निष्पक्ष आचरण युक्त हुनुपर्ने र पठाइदा जेनजीकाे समन्वयमा माग पठाउनु पर्ने ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;