नेपाली क्रिकेट प्रेमीलाई दुःखद खबर, बिकेनन् आईपीएलमा सन्दीप लामिछाने

,   लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् ।

यो सिजनको लागि नेपालबाट हालसम्म आईपीएल खेल्ने एकमात्र खेलाडी लामिछानेलाई ४० लाख भारु न्युनतम मूल्य राखिएको थियो । उनलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन ।

दिल्ली क्यापिटल्समा तीन सिजन बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको हो । गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन् ।

चेन्नाई अक्सनमा सन्दीपलाई खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । नेपाली क्रिकेट प्रेमीहरुलाई यतिवेला दुःखी बनाएको छ । तर अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा उनी अक्सनमा पुनः आउन सक्छन् । अनसोल्ड भएका खेलाडी अन्तिम समयमा विक्री भएमा न्यूनतम मूल्यमा खेल्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

सन् २०१८ मा दिल्लीबाट सन्दीपले पहिलो पटक आइपिएल खेलेका थिए । न्यूनतम ३२ लाखमा अनुबन्ध भएका थिए उनलाई गत सिजनमा दिल्लीले पूरै बेन्चमा राखेको थियो । यस बर्ष दिल्लीले फुकुवा गरेपछि सन्दीप अक्सनमा सहभागी भएका थिए ।

दिल्लीबाट तीन सिजन विताउँदै सन्दीपले कुल ९ खेलमा १३ विकेट लिएका थिए । गत सिजना पुरै समय बेन्चमा बसेपनि २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;