
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
काठमाडौं। नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् ।
यो सिजनको लागि नेपालबाट हालसम्म आईपीएल खेल्ने एकमात्र खेलाडी लामिछानेलाई ४० लाख भारु न्युनतम मूल्य राखिएको थियो । उनलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन ।
दिल्ली क्यापिटल्समा तीन सिजन बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको हो । गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन् ।
चेन्नाई अक्सनमा सन्दीपलाई खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । नेपाली क्रिकेट प्रेमीहरुलाई यतिवेला दुःखी बनाएको छ । तर अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा उनी अक्सनमा पुनः आउन सक्छन् । अनसोल्ड भएका खेलाडी अन्तिम समयमा विक्री भएमा न्यूनतम मूल्यमा खेल्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।
सन् २०१८ मा दिल्लीबाट सन्दीपले पहिलो पटक आइपिएल खेलेका थिए । न्यूनतम ३२ लाखमा अनुबन्ध भएका थिए उनलाई गत सिजनमा दिल्लीले पूरै बेन्चमा राखेको थियो । यस बर्ष दिल्लीले फुकुवा गरेपछि सन्दीप अक्सनमा सहभागी भएका थिए ।
दिल्लीबाट तीन सिजन विताउँदै सन्दीपले कुल ९ खेलमा १३ विकेट लिएका थिए । गत सिजना पुरै समय बेन्चमा बसेपनि २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...