फूटबल महिला लिगको उपाधी एपीएफलाई, सर्वोत्कृष्ट खेलाडी एपीएफकी सरु लिम्बु

 लिम्बुवान न्युज
                       

काठमाडौं । एपीएफले महिला फूटलब लिगको उपाधी उचालेको छ । एपीएफकी सरु लिम्बु महिला लिगको सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् । उनले एपीएफलाई महिला लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेँसगै स्कुटर हात पारेकि छन्् ।

एपीएफले शुक्रबार लिगको अन्तिम खेलमा आर्मीलाई ३–० ले पराजित गर्दै शतप्रतिशत नतिजासहित लिग उपाधि जितेको हो ।

यस्तै व्यक्तिगततर्फ नेपाल पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर र अमृता जैसी उत्कृष्ट डिफेण्डर, आर्मीकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर तथा एपीएफकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड घोषित भए । एपीएफकै भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भइन् ।

लिग विजेता एपीएफले १५ लाख रुपैयाँ हात परेको छ भने उपविजेता त्रिभुवन आर्मी क्लबले ८ लाख रुपैयाँमा चित्त बुझाएको छ । त्यसैगरी नेपाल पुलिस क्लबले तेस्रो हुँदै ५ लाख रुपैयाँ हात परेको छ । चौथो हुने वालिङ नगरपालिकाले ३ लाख रुपैयाँ हात पारेको छ ।

फेयर प्ले अवार्ड जित्न सफल चन्द्रपुर नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुले बेस्ट प्लेअर लिम्बुले स्कुटर र अन्य सबैले जनही ५० हजार हात परेका छन् ।

 

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...