केरुङको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान समिति गठन

 लिम्बुवान न्युज
                       

झापा। नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान तदर्थ राज्य समिति गठन भएको छ ।

आज झापाको बिर्तामोडमा महासंघका केन्द्रीय संयोजक राजन मुकारुङको प्रमुख आतिथ्यमा मधुराज केरुङ्लाई संयोजक बनाउदै तदर्थ लिम्बुवान राज्य समिति गठन भएको हो ।

समितिको सह–संयोजकमा शिरेन बान्तावा, पार्वता पोमु र दावा शेर्पा रहेका छन् । सचिवमा छत्र दर्लामि, सह–सचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा सुजन सेलिङलाई चयन गरेको छ ।

त्यस्तै समितिको सदस्यहरुमा डा. छत्र माबो, अजित धिमाल, इक्साहाङ चेम्जोङ, अर्चना गुरुङ, इन्द्रसिंह राजबंशी, मन्जुल सुनुवार, निमा पोङ्सुवा भोटिया र जितेन साम्पाङ रहेका छन ।

समितिको सल्लाहकारमा साहित्यकार मुनाराज शेर्मा, सुमित्रा बाङ्देल चेलि र सेसेहाङ फियाकलाई चयन गरेको छ ।

उक्त कार्यक्रममा महासंघका सह–संयोजक टंक सेलिङ, केन्द्रिय प्रतिनिधि सदस्यहरु बिराट किराती र जितेन पन्धाकको उपस्थिति रहेको थियो । कार्यक्रममा निर्वाचित समितिलाई साहित्यकार कृष्ण बरालले बधाई तथा शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...