दमक फूड फेस्टिलब फागुन २३ देखि २९ गतेसम्म

 लिम्बुवान न्युज
                       

दमक। कोरोनाले थलिएका दमकका होटल व्यवसायीहरु विस्तारै जुर्मुराउन थालेका छन् । अघिल्ला वर्षझै यसवर्ष पनि सातौं फुड फेस्टिबलको तयारीमा जुटेका छन् ।

होटल व्यवसायी संघ दमकको आयोजनामा यसबर्ष पनि २३ फागुनदेखि २९ फागुनसम्म दमक फुड फेस्टिबल फूडफेस्टिबलको तयारी धमाधम भईरहेको संघले जनाएको छ ।

आज(आइतबार) संघले दमक ५ को पाथिभरा होटल एण्ड लजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार फेस्टिबल सम्पन्न गर्न भुपेन्द्र न्यौपानेको संयोजकत्वमा मूल समिति र अन्य एक दर्जन आवश्यक विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

संघका सचिव मदन ढकालका अनुसार फेस्टिवल सम्पन्न गर्न भुपेन्द्र न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय आर्थिक उपसमिति, काजी राउतको संयोजकत्वमा प्रचारप्रसार, गणेश अधिकारीको संयोजकत्वमा स्टल व्यवस्थापन, योगराज दंगालको संयोजकत्वमा सुरक्षा उपसमिति, मदन ढकालको संयोजकत्वमा सांस्कृतिक उपसमिति, सुधिर प्रधानको संयोजकत्वमाअतिथि सत्कार र नन्द प्रसाद चम्लागाईको संयोजकत्वमा मञ्ज व्यवस्थापन उपसमिति गठन गरिएको जनाएको छ ।

मूल समितिका अतिरिक्त उप–समितिहरुले आ–आप्mनो तर्फबाट आवश्यक तयारी धमाधम गरिरहेका संघका अध्यक्ष राजेन्द्र दंगालले बताए । सो फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरु आउने र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार हुने अनुमान गरिएको अध्यक्ष दंगालले बताए । फेस्टिबलमा विभिन्न जातजाती तथा सांस्कृतिक खानाका विशेष परिकार तथा कृषि उपजहरुको समेत स्टल राखिने जनाइएको छ ।

फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका र पर्यटन बोर्डले समेत सहयोग गर्ने सो फेस्टिबलका माध्यमबाट स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन तथा मौलिक खानेकुराहरुको संरक्षण हुने आयोजकले विश्वास लिएको छ ।

उक्त फूड फेस्टिबलमा विगतको बर्ष झै यसबर्ष पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुति रहने जनाईएको छ । प्रवेश शुल्क १०० रुपैयाँ कायम गरिएको छ भने फेस्टिवल दमक बसपार्कमा गर्ने पत्रकार सम्मेलनमा जनाईएको छ ।

दमक क्षेत्रमा सयौंको संख्यामा होटलहरु संचालनमा रहेका छन् तर सबैलाई कानूनी दायरामा ल्याएर व्यवस्थित गर्न नसकिएको संघले जनाएको छ । साथै नाम मात्रको होटलमा अन्य विकृतिजन्य कार्यहरु भए नभएको प्रति संघले सुक्ष्म अध्ययन गरिरहेको संघले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...