दमक फूड फेस्टिलब फागुन २३ देखि २९ गतेसम्म

 लिम्बुवान न्युज
                       

दमक। कोरोनाले थलिएका दमकका होटल व्यवसायीहरु विस्तारै जुर्मुराउन थालेका छन् । अघिल्ला वर्षझै यसवर्ष पनि सातौं फुड फेस्टिबलको तयारीमा जुटेका छन् ।

होटल व्यवसायी संघ दमकको आयोजनामा यसबर्ष पनि २३ फागुनदेखि २९ फागुनसम्म दमक फुड फेस्टिबल फूडफेस्टिबलको तयारी धमाधम भईरहेको संघले जनाएको छ ।

आज(आइतबार) संघले दमक ५ को पाथिभरा होटल एण्ड लजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार फेस्टिबल सम्पन्न गर्न भुपेन्द्र न्यौपानेको संयोजकत्वमा मूल समिति र अन्य एक दर्जन आवश्यक विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

संघका सचिव मदन ढकालका अनुसार फेस्टिवल सम्पन्न गर्न भुपेन्द्र न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय आर्थिक उपसमिति, काजी राउतको संयोजकत्वमा प्रचारप्रसार, गणेश अधिकारीको संयोजकत्वमा स्टल व्यवस्थापन, योगराज दंगालको संयोजकत्वमा सुरक्षा उपसमिति, मदन ढकालको संयोजकत्वमा सांस्कृतिक उपसमिति, सुधिर प्रधानको संयोजकत्वमाअतिथि सत्कार र नन्द प्रसाद चम्लागाईको संयोजकत्वमा मञ्ज व्यवस्थापन उपसमिति गठन गरिएको जनाएको छ ।

मूल समितिका अतिरिक्त उप–समितिहरुले आ–आप्mनो तर्फबाट आवश्यक तयारी धमाधम गरिरहेका संघका अध्यक्ष राजेन्द्र दंगालले बताए । सो फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरु आउने र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार हुने अनुमान गरिएको अध्यक्ष दंगालले बताए । फेस्टिबलमा विभिन्न जातजाती तथा सांस्कृतिक खानाका विशेष परिकार तथा कृषि उपजहरुको समेत स्टल राखिने जनाइएको छ ।

फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका र पर्यटन बोर्डले समेत सहयोग गर्ने सो फेस्टिबलका माध्यमबाट स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन तथा मौलिक खानेकुराहरुको संरक्षण हुने आयोजकले विश्वास लिएको छ ।

उक्त फूड फेस्टिबलमा विगतको बर्ष झै यसबर्ष पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुति रहने जनाईएको छ । प्रवेश शुल्क १०० रुपैयाँ कायम गरिएको छ भने फेस्टिवल दमक बसपार्कमा गर्ने पत्रकार सम्मेलनमा जनाईएको छ ।

दमक क्षेत्रमा सयौंको संख्यामा होटलहरु संचालनमा रहेका छन् तर सबैलाई कानूनी दायरामा ल्याएर व्यवस्थित गर्न नसकिएको संघले जनाएको छ । साथै नाम मात्रको होटलमा अन्य विकृतिजन्य कार्यहरु भए नभएको प्रति संघले सुक्ष्म अध्ययन गरिरहेको संघले जनाएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;