वाणिज्य संघको चुनावमा राजवंशी समुदायलाई उम्मेद्धार नबनाएकोमा आपत्ति

 लिम्बुवान न्युज
                       

बिर्तामोड। आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिर्तामोड क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका राजवंशी समुदायका व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले फागुन १६ गतेको बाणिज्य संघको निर्वाचनका विषयमा सोमबार बिर्तामोडमा कार्यक्रम सम्पन्न गरेका छन् ।

बिर्तामोड नगरपालिकाभित्र राजवंशी समुदायबाट ५ सयभन्दा बढीले व्यापार व्यवसाय गर्ने गरेको अन्तक्र्रिया कार्यक्रममा बताइएको थियो । उनीहरुमध्ये बाणिज्य संघको १६ गतेको निर्वाचनका लागि राजवंशी समुदायबाट १ सय १८ जना मतदाता रहेका छन् । अन्तक्र्रिया कार्यक्रममा बोल्ने व्यवसायीहरुले बाणिज्य संघको चुनावमा संयुक्त व्यवासयी प्यानल र व्यवसायीहरुको लोकतान्त्रिक समूह दुवै प्यानलबाट राजवंशी समुदायबाट एक जना पनि उम्मेद्वार नबनाउनु बिडम्बना भएको बताए । उनीहरुले राजवंशी व्यवसायीलाई भोट बैंकका रुपमा मात्र प्रयोग गरेको भन्दै आपत्ति जनाए ।
प्रेम होटलका सञ्चालक सुरेन राजवंशीले १ सय १८ जना मतदाता रहेको बिर्तामोड बाणिज्य संघको चुनावमा राजवंशी उम्मेद्वार शून्य हुनु दुखद् भएको बताए । उनले बर्षौदेखि र सयौंको संख्यामा राजवंशी समुदाय पनि व्यापार व्यवसायमा सक्रिय रहेकाले सबैलाई समेटेर जान बाणिज्य संघका दुवै चुनावी प्यानललाई आग्रह गरे ।

पुरन–हिरालता सपिङ मलका सञ्चालक गोपालचन्द्र राजवंशीले राजवंशी समुदायको प्रतिनिधि बिना बाणिज्य संघको नयाँ कार्यसमिति अपुरो हुने धारणा राखे । उनले नवनिर्वाचित समितिलाई कम्तिमा एक जना राजवंशी सदस्य मनोनित गर्न आग्रह गरे ।

न्यू लाईफ स्टाइलका सञ्चालक प्रमोद राजवंशीले बाणिज्य संघको चुनाव पनि राजवंशी समुदायका लागि ‘भोट बैंक’ मात्र भएको धारणा राखे । उनले ५० जना मतदाता हुने संगठनहरुले उम्मेद्वार पाएको तर, राजवंशी समुदायको १ सय १८ जना मतदाता हुँदा समेत एक जना उम्मेद्वार नपाउनु गम्भीर विषय भएको बताए ।

रोहन चश्मा घरका सञ्चालक राजन राजवंशीले बाणिज्य संघको नवनिर्वाचित कार्यसमितिमा राजवंशी सदस्य मनोनित गराउन सक्रिय पहल गर्न समुदायका आगुवाहरुलाई आग्रह गरे । अन्तक्र्रियामा सहभागीहरुले सोमबार नै ‘राजवंशी व्यवसायी संघ’ समेत गठन गरेका छन् ।

प्रेम होटलका सञ्चालक सुरेन राजवंशी अध्यक्ष रहेको संघको उपाध्यक्षमा गोपालचन्द्र राजवंशी, सचिवमा अर्जुन राजवंशी, कोषाध्यक्षमा चन्द्रमाया राजवंशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजन राजवंशी, बासुदेव राजवंशी, कमल राजवंशी, मोहनसिंह राजवंशी, दिलिप राजवंशी, लालसिंह राजवंशी र धर्मेश राजवंशी चयन भएका छन् ।

सहभागीहरुले बाणिज्य संघको निर्वाचनमा बढीभन्दा बढी राजवंशी मतदाता एवं व्यवसायीहरुको सहभागीता गराउनेगरी गतिविधि अघि बढाउन जोड दिएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;