मुटु रोगी कालेन्द्र लावतीद्वारा सहयोगको अपिल

,   लिम्बुवान न्युज
                       

दमक। पाँचथर मिक्लाजुङका कालेन्द्र लावतीले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । शल्याक्रिया गर्न लाखौं रुपैयाँ लाग्ने बताइएपछि घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको हुँदा तत्काल उपचार गर्न सहयोगको अपिल गरिएको हो ।

एक हप्ता अघि अस्वस्थ्य भई चेकजाँच गर्ने क्रममा मुटुमा रुयुमेटिक हर्ट डिजिज भई तत्काल सल्याक्रिया गर्न डाक्टरले सल्लाह दिएपछि पैसा अभावका कारण सहयोगको अपिल गरिएको विरामीका दिदी विमला लावतीले बताइन् ।

१७ बर्ष अघि मुटुमा समस्या देखिएपनि उपचार भई निको भई सामान्य जीवन विताइरहेका लावतीको अचानक स्वास्थ्य खराब भएपछि धरान विपि कोइराला अस्पतालमा चेकजाँच गरेपछि थाहा भएको दिदी विमलाले बताइन् । शल्याक्रिया गर्न काठमाडौंको शहिद गंगालाल राष्ट्रिय अस्पतालको मुटु रोग उपचार केन्द्रमा उपचारको लागि लान डाक्टरले सल्लाह दिएको सामाजिक अभियन्ता गगन लावतीले बताए ।

विरामी लावतीले जीवनमरणको दोसाँधमा रहेको हुँदा सम्पूर्णमा सहयोगको याचना गरिएको छ । त्यसैगरी पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ ले पनि सहयोग गर्न अपिल गरेको जनाएको छ । सहयोगी मनले विरामीको मोवाइल नम्बर ९८२३४११५४८ र दिदीको मोवाइल नम्बर ९८१५९८७०८४ मा सिधा सम्पर्क गरि सहयोग गर्न सकिनेछ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;