थाले दृष्टिबिहीनले आफै चप्पल उद्योग सञ्चालन गर्न

 लिम्बुवान न्युज
                       

दमक, २० माघ । झापाको दमकमा रहेका दृष्टि विहीनहरु स्वावलम्बी बन्न थालेका छन् । दमक नगरपालिकाको ३ लाख रुपयाँ सहयोगमा चप्पल बनाउने मेशिन खरिद गरी चप्पल निर्माण गर्न थालेको उनीहरुले बताएका छन् ।

आज एक औपचारिक कार्यक्रम गर्दै दृष्टिविहीनहरुले चप्पल कारखानाको उद्घाटन गरेका छन् । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले चप्पल उद्योगको उद्घाटन गर्दै दृष्टि विहीनहरुले समेत उद्योग गर्न थाल्नु सपाङ्गहरुका लागि समेत उदाहरण भएको बताएका छन् ।

झापा नेत्रहिन संघको आयोजनामा शुरु गरिएको चप्पल उद्योगले शारीरिकरुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई समेत टेवा पुग्ने संघकी अध्यक्ष यसोदा बरालले बताइन् । रोशन थापाको अगुवाईमा शुरु गरिएको चप्पल उद्योगले अपाङगहरु पनि सपाङ्ग जतिकै काम गर्न सक्छन् भन्ने उदाहरण दिन काम थालेको उनीरुले बताएका छन् ।

कार्याक्रममा साना घरेलु उद्योग झापाका प्रमुख जयनारायण अधिकारी, अपाङसंघ दमकमा सचिव मदन वोहोरा लगायतले दृष्टिबिहीनले थालेको कार्यको उच्च प्रशंसा गर्दै बजारीकरणमा सबैले सहयोग गर्नु पर्ने बताएका छन् । (तस्वीरः डिकेश लामा)

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...