बुद्धशान्ती ४ मा लिम्बुवान मञ्चको टोल र एलभी कमाण्ड गठन

 लिम्बुवान न्युज
                       

झापा, २६ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल बुद्धशान्ति ४ को सिर्जना वस्तीमा लिम्बुवान टोल समिति र एलभी प्राइमेरी कमाण्ड गठन भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव मानबहादुर साँवाको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।

बुधबार आयोजित कार्यक्रमले सुमन मेन्याङबोको अध्यक्षतामा टोल समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मन कुमार चेम्जोङ, सचिवमा सन्दिप राई, सह–सचिवमा पवित्रा माङयुङ र अर्थसचिवमा मन कुमार थोप्रा रहेका छन् । यसैगरी सदस्यहरुमा खगेन्द्र लिङखिम, गणेश चेम्जोङ, राज बेघा, जम्बू शेर्पा, सोम बहादुर ठटाल दर्जी, गोविन योङहाङ र कुमार शेर्पा रहेका छन् ।

यसैगरी उक्त कार्यक्रममा अरुण मावोको कमाण्डमा प्राइमरी कमाण्ठ गठन भएको छ । प्राइमरी कमाण्डको सह–इन्चार्जमा निमा सेर्पा त्यसैगरी एलभीहरुमा कुमार माङयुङ, रविन मेन्याङबो, जगदिस सेन्दाङ, राजकुमार थोप्रा, विक्रम चेम्जोङ, सुरेन थोप्रा, मनिस थोप्रा, दिवस थोप्रा, शुशील इजम र सुकराज मेन्याङबो रहेका छन् ।

कार्यक्रममा लिम्बुवान प्रान्तीय सचिव तथा एलभी प्रवक्ता काजीमान ओख्राबो, प्रान्तीय सचिव मोहन मावो लगायत नेताहरुले नव निर्वाचित समिति तथा कमाण्डलाई शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...