जन्मोत्सवमा ढकालद्धारा पत्रकार उपचार कोषलाई २५ हजार तीनसय तेत्तीस रुपैयाँ प्रदान

 लिम्बुवान न्युज
                       

बिर्तामोड, माघ २७ । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल ९सीके अंकल०ले विहीबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार तीन सय ३३ रुपैयाँ प्रदान गरेका छन् ।

ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन् । गत कात्तिक १२ गते आफ्नो जन्मोत्सवको अवसर पारेर ढकालले कोषमा सहयोगको घोषणा गरेका थिए ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र कार्यसमिति सदस्य होमप्रकश अधिकारीलाई ढकालले कोषका लागि नगद रकम हस्तान्तरण गरेका हुन् ।
१८ वर्ष देखि पूर्वाञ्चल दैनिकमा आवद्ध रहेर क्रियाशील ढकाल लेखक तथा आध्यात्मिक साधकको रुपमा परिचित छन् । उनले पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको बताए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

आफू झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृस्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने ढकालले बताए ।

महासंघ झापा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

पूर्वाञ्चल दैनिकमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघका कार्यसमिति सदस्य होमप्रकाश अधिकारी, अग्रज पत्रकार लक्ष्मण ढकाल, स्वतन्त्र पत्रकार संघका झापा अध्यक्ष तथा केन्द्रीय सदस्य नरेन्द्र ढकाल, महासंघका सदस्य पार्थ मण्डल, सन्तोष अधिकारी, पूर्वाञ्चल दैनिकका बजार व्यवस्थापक लीला आचार्य सहित विभागीय प्रमुखहरु र संस्थाका कर्मचारीको सहभागिता थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...