फिफा वीरयतामा नेपाल दुई स्थान उक्लियो

,   लिम्बुवान न्युज
                       

काठमाडौं, २७ माघ । फूटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ । आज (बिहीबार) सार्वजिनिक फिफा वरीयताअनुसार, नेपाल १६७औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६९औं स्थानमा थियो ।

१५ र १८ माघमा काठमाडौंमा भएको मैत्रीपूर्ण प्रतियोगितामा मरिससलाई पराजित गरेपछि नेपालेको वरीयतामा सुधार आएको हो । पहिलो खेल विमल घर्ती मगर र दोस्रो खेल सुजल श्रेष्ठको गोल मद्दतले नेपालले आफ्नो पक्षमा पारेको थियो ।

दक्षिण एसियाली देशहरूमा भारत १०४औं, माल्दिभ्स १५७औं रहेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ भने भुटान १८५औं, बांगलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलंका २०४औं स्थानमा छ ।

फिफा वरीयताको दशौं स्थानहरु मध्ये पहिलो स्थानमा बेल्जियम, दोस्रोमा ब्राजिल, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना, पाँचौंमा इङ्ग्ल्याण्ड, छैटौंमा इटली, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा डेनमार्क र दशौंमा नेदरल्यान्डस् छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;