फालेलुङ भृकुटी आभारभूत विद्यालयका दुई विद्यार्थीलाई १ लाख पुरस्कार प्रदान

 लिम्बुवान न्युज
                       

पाँचथर, २७ माघ । अमेरिकामा कार्यरत याक्थुङ युवाद्वारा फालेलुङ गाउँपालिकाका दुई विद्यार्थीलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

पालिकाको वडानम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयको कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ र सरेष्मा केरूङ दुवैलाई बुधबार एक कार्यक्रमका बीच जनही ५० हजार रुपैयाँका दरले नगद प्रदान गरिएको छ ।

विद्यार्थीको शैक्षिक उन्नतिमा सहयोग तथा हौसला प्रदान गर्न साथै ‘विशेषगरी छोरीलाई शिक्षित बनाउन जरुरी छ’ भन्ने उदेश्य सहित हाल अमेरिका बस्दै आएका याक्थुङ युवाहरूको पहमा उक्त रकम संकलन गरि सहयोग गरिएको जनाइएको छ ।

विद्यालयले राखेको तथ्यांक र मुल्यांकनको आधारमा जेहेन्दार छात्रालाई छात्रवृत्ति स्वरुप विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर केरूङको अध्यक्षतामा सामाजिक अभियान्ता तथा अमेरिकमा बस्दै आएका याक्थुङ युवा कवि बिबश बेनामको प्रमुख आतिथ्यतामा दुई छात्रालाई नगदसहित अन्य एक सय १६ जना विद्यार्थीहरुलाई करीब ६० हजार बराबरको न्यानो कपडा(स्वेटर) पनि वितरण गरिएको थियो ।

उनले भने, –‘अमेरिकबाट नेपालमा छुट्टी आएको बेलामा कुनै न कुनै सामाजिक उत्तरदायित्वको कार्य गरौं र आगामी दिनमा पनि सहयोग गर्ने इच्छासंगै हाल यो कार्य गरेका छौँ ।’

व्यक्तिगत फाइदाको लागि मात्रै बिदेश जानु भन्दा केहि काम समाजको निम्ति पनि गरौं भन्ने उनको आग्रहलाई साथ दिंदै हाल अमेरिकमा रहेका बुद्ध चेम्जोङ, ललित सम्वाहाम्फे, अग्नि योङ्या, राकेश आङदेम्बे, मेन्याङ्बो प्रेम, टंक शेलिङ, सुमन थाम्सुहाङ लिम्बू मिराक, पिके लिम्बुले मद्दत गरेका छन् साथै आर्थिक सहयोग गर्नेहरुमा बिबस माङ्मु, बिरेन्द्र लाबुङ लिम्बु भुमी, हिक्मत् आङ्बुहाङ्, बिष्णु चोङ्बाङ, बिमल चेम्जोङ्, हरि जबेगु, मनि लिबाङ्, गजेन् चेम्जोङ्, दिपक थेवे, आनंद मादेन, निरु थेवे, पूर्ण थेवे, जीवन खजुम, राज लिम्बु, कभिन थेवे, बन्धना तुम्बाहाम्फे लगायतका युवाहरु रहेको उनले जानकारी दिए ।

उक्त कार्यक्रममा भृकुटी र सिदेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापकद्वय शर्ण कुमार केरूङ र नरेन्द्र केरुङ, स्थानीय शिक्षक राजेन्द्र केरुङ लगायतले नेपाल बाहिर बसेर पनि दुर्गम क्षेत्रका विद्यार्थीलाई साथ सहयोग गरेकोमा याक्थुङ युवाहरुको उदाहरणीय कार्यको प्रशंसा सहित धन्यवाद दिएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...