झापा ५ ‘ख’ मा लिम्बुवान प्रदेश क्षेत्रीय तदर्थ समिति गठनः अध्यक्षमा लक्ष्मी कन्दङवा

,   लिम्बुवान न्युज
                       

दमक, २८ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले प्रदेश क्षेत्रीय समितिहरुको गठन तिव्र पारेको छ । शनिबार झापा क्षेत्र नं. ५ को ‘ख’मा मञ्चले कन्दङवाको अध्यक्षतामा प्रदेश क्षेत्रीय तदर्थ समिति लक्ष्मी गठन गरेको छ ।

मञ्चका लिम्बुवान बरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा कमल बाँसबारीस्थित सामुदायिक सभाहलमा आयोजित उक्त कार्यक्रममा कन्दङवाको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति बनेको हो । उक्त समितिको उपाध्यक्षहरुमा टेक बहादुर योङया, इन्द्र बहादुर सदेम्बा, सचिवमा तिर्थ पोमो, सह–सचिवमा हिमाल लिम्बु र अर्थसचिवमा टिकामाया सावादेन रहेका छन् ।

यसरी नै सदस्यहरुमा क्रमशः विकास लिम्बु, खिलाकुमारी श्रेष्ठ, हर्क सावादेन, अशोक राई, रण बहादुर लिम्बु, आशिष लिम्बु र सुकमाया फियाक रहनु भएको छ ।
कार्यक्रममा मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावती, प्रदेश समन्वय समिति सचिव भविराज तुम्सा, प्रान्तीय सचिवहरु राजु राई, भक्त मेन्याङ्बो, सचिवालय सदस्यहरु बलनाथ नाल्बो, सुर्य योक्पाङदेन, संघीय सदस्य लिलादेवी लिम्बु, प्रान्तीय सदस्यहरु बसन्त योङहाङ, विरेन्द्र लिम्बु, विकास मगर, जिल्ला अध्यक्ष नगेन राई, एलभी कमाण्डर मण्डेल लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक तथा प्रान्तीय महासचिव भानुभक्त भट्टराईको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कमल, गौरादह र गौरीगञ्जका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;