टि–२० सिरिजको पहिलो खेल बाटै नेपालको विजयी यात्रा शुरु

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवादाता, २८ माघ । चार देशीय टी–२० सिरिजको पहिलो खेल मै नेपालले सानदार विजयी यात्रा शुरु गरेको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो ।

दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनको लक्ष्य नेपालले ३ बल अगावै पूरा गरेको हो ।

त्यस्तै आरिफ शेखले २० बलमा २५ , ओपनर आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ र शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको ओमानले १३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । मोहम्मद नदिमले ३१ रन बनाए । त्यस्तै, कश्यप प्रजपति ११, जतिन्दर सिंह १३, शोइब खान ११, आयन खान ११ र कुर्राम नवाजले ६ रन बनाए ।

नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । नेपालका कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १÷१ विकेट लिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...