दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, २९ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा जिल्ला अन्तर्गत विभिन्न वार्डहरुमा संगठन विस्तार तिव्र पारिएको छ । शनिबार कमल गाउँपालिका स्थित वडा नं. ६ मा सुवास साँवाको अध्यक्षतामा वडा समिति गठन भएको छ ।
मञ्चका उपाध्यक्ष विष्णु भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त गठन कार्यक्रमबाट उपाध्यक्षमा राजेन्द्र ताजपुरीया, सचिवमा मणिकुमार लिम्बु, सहसचिवमा चन्द्र विक्रम आङदेम्बे र अर्थसचिवमा नारायण बान्तवा रहेका छन् । यसरी नै सदस्यहरुमा विजय नेम्बाङ, राजकुमार धिमाल, भक्त लिम्बु, लक्ष्मीदेवी राई, पुनम लिङदेन राई र सेन्छेन लिम्बु रहेका छन् ।
उक्त कार्यक्रममा कमलका प्रान्तीय सचिवालय सदस्यहरु बलनाथ नाल्बो, सुर्य योक्पाङदेन, मनकुमार थलङ, कविन्द्र सेर्मा, संघीय सदस्य लिलादेवी लिम्बु, प्रान्तीय नेताहरु बिरेन्द्र लिम्बु, सेर पतङ्वा लगायत विभिन्न नेताहरुको उपस्थिति रहेको थियो ।
बुद्धशान्ती ४ मा लिम्बुवानको टोल समिति र एलभी प्राइमरी कमाण्ड गठन
यसैगरी आज झापाको बुद्धशान्ती ४ स्थित आइतबारे टोलमा लिम्बुवान प्रान्तीय मञ्चको टोल समिति गठन भएको छ । आइतबारेस्थित किरात चोकमा प्रान्तीय महासचिव लक्ष्मी मावोको प्रमुख आतिथ्यतामा टोल समिति गठन भएको हो ।
विष्णुकुमार मावोको अध्यक्षतामा गठित १७ सदस्यीय टोल समितिमा उपाध्यक्षहरु सेर बहादुर मावो, आशा मावो लिम्बु, सचिव विनु थोप्रा, सह–सचिवमा मनु मावो र रीना ताप्मादेन, अर्थसचिवमा पार्वता सेत्लिङ रहेका छन् । यसरी नै सदस्यहरुमा रनाहाङ तामादेन, सुकमाया पतङवा, सञ्जु लिम्बु, शुकमाया काङभा, पर्मिला खेवाङ, जंग प्रसाद केदेम, सञ्जीता अन्छङबो, आइतीमाया हेल्लोक, समिक्षा सोम्याखाम, विनिता अन्छङबो र पुष्पा पाङमु लिङदेन रहेका छन् ।
यसरी नै उक्त कार्यक्रममा प्राईमारी कमाण्डर लाजे मावोलाई टोलको इन्चार्ज नियुक्त गर्दै १७ सदस्यीय प्राइमारी कमाण्ड समेत गठन भएको छ । कमाण्डको एलभीहरुमा साराहाङ लिम्बु, मिलन लिम्बु, सेवालुङ्ग लिम्बु, सुर्य लिम्बु, निखेस श्रेष्ठ, सन्तोष लिम्बु, सन्तोष लिङदेन सुमन लोङवा, आयुष लिम्बु, सुमन अङसन्बो, रोजन लिम्बु, विनोद लिम्बु, मनिष लिम्बु, सन्दिप लिम्बु, मान बहादुर लिम्बु र कमल खाती रहेका छन् ।
कार्यक्रममा लिम्बुवान प्रान्तीय उपमहासचिब मान बहादुर सावा विशेष अतिथि रहनु भएको थियो भने अतिथिहरुमा प्रा.सचिब तथा एलभी प्रबक्ता काजिमान ओख्राबु, प्रा.सचिब मोहन माबो, प्रान्तीय सचिवालय सदस्य पदम माया माबो र सुनिल कोहिबा लिम्बु, के. उपकमाण्डरहरू पुर्ण सुहाङ, सन्चराज मावाे, झापा जिल्ला वरिष्ठ उपाध्यक्ष अमित खम्बु उपाध्यक्ष करण योङ्हाङ, जिल्ला सचिब कृष्ण सेन्दाङ, अर्थ सचिब प्रदिप राई लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
डम्बर पाक्सावाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको संचालन महिला नेत्री रीता फुरुम्बोले गरेकी थिईन् । कार्यक्रमको अन्त्यमा झापा क्षेत्र नं. खको सहइन्चार्जमा संचराज मावोलाई एलभी प्रवक्ता ओख्राबोले भोलेन्टियर्सको नियुक्त पत्र प्रदान गरेका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...