कालिका सामुदायिक बनमा गणतान्त्रिक मोर्चाको उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

मेचीनगर, १ फागुन । मेचीनगर साविक धाइनस्थित कालिका सामुदायिक बन उपभोक्ता समिति निर्वाचनमा होमिएको छ । शुक्रबार ४ वटा राजनैतिक दलहरुको संघीय गणतान्त्रिक मोर्चाले कार्यसमितिमा प्यानलनै खडा गरेर निर्वाचनमा होमिएको हो ।

नेकपा माओवादी, नेकपा एस, जसपा र संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको गठबन्धनले अध्यक्ष पदमा योगेश भट्टराई अघि बढाएको छ । त्यसैगरी उपाध्यक्षमा गंगादेवी सिमखडा, सचिवमा निर्मला गुरुङ, सह–सचिवमा विनोद मेचे र कोषाध्यक्षमा साउना मेचे बादलले उम्मेदवारी मनोनयन गरेका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा दुर्गा प्रसाद थेवे, विनोद राई, डम्बरहाङ जवेगु, भोला चौधरी, यशोदा गौतम, देवीमाया बर्देवा, लोकबहादुर मेचे, निर्मला पाठक, दिपा चौधरी र पदम लामिछानेले दर्ता गरेको मञ्चका प्रदेश समन्वय समिति सचिव नन्दु मेन्याङबोले लिम्बुवान खबरलाई जनाएका छन् । मोर्चाले चुनावमा राम्रो परिणाम ल्याउने नेता मेन्याङबोले बताएका छन् ।

साविक धाइजन ५, ६, ३, २ र १ का उपभोक्ताहरु सामुदायिक बनमा आबद्ध रहेका छन् । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि एउटै चुनावी प्यानल बनाएर अघि बढेको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...