लिम्बुवानको मैवाखोला अध्यक्षमा चरण मुसाहाङ निर्वाचित

 लिम्बुवान न्युज
                       

मैवाखोला, ८ फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मैवाखोला गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट चरण मुहासङको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएको हो ।

मञ्चका जिल्ला सचिव अशोक मादेनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्ष मुसाहाङसँगै उपाध्यक्षहरुमा सूर्य नेयोङ, भीमकुमार लिम्बू, सचिवहरुमा उमेश यक्युपा र भीमकुमार वनेम, अर्थसचिवमा शशिहाङ्मा नेयोङ निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा हर्कप्रसाद वनेम, जीतबहादुर लिम्बू, खड्क वनेम, मनीहाङ लिम्बू, रामबहादुर लिम्बू, लालबहादुर वनेम, संगीता लिम्बू लगायत रहेका छन् ।

त्यसैगरी सोही अधिवेशनबाट संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च समेत गठन भएको छ । शुसील लिम्बुको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षहरुमा खडक लिम्बु, सन्तवीर थोप्रा, सचिवमा सूर्य लिम्बु चयन भएका छन् भने सदस्यहरुमा सुरेन सुब्बा, घगेन्द्र लिम्बु, तुम्बाहाङ लिम्बु लगायत १३ सदस्यीय समिति रहेको छ ।

अधिवेशनमा मञ्चका जिल्ला अर्थसचिव केदार ताम्लिङ, जिल्ला सदस्य उमेश वनेम लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...