लिम्बुवान मञ्च आठराईत्रिवेणी १ को अध्यक्षमा गन्जवीर गुरुङ चयन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, ८ फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्लाको आठराईत्रिवेणी वडा १ को अध्यक्षमा गन्जवीर गुरुङ चयन भएका छन् ।
शनिबार साँझ सम्पन्न वडा अविधेशनबाट गुरुङ अध्यक्षमा चयन भएका हुन् । कार्यक्रम संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास यूकेका केन्द्रीय सदस्य राम पोमूलाई विशेष सम्मान एवम् स्वगत गरिएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश गरेका थिए । मञ्चका प्रदेश समन्वय समितिका सचिव नविन पोमू, लिम्बुवान प्रान्तीय सचिव मुक्साम लाबुङ र रीता मादेन प्रान्तीय सदस्य अमृता गुरुङको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा उपस्थिति तथा नव प्रवेशीहरुलाई पार्टीको गतिविधि, आगामी स्थानीय निर्वाचन र पार्टीको भावि कार्यक्रमहरु बारे नेताज्यूहरुले आ–आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रमले उपाध्यक्षमा मान बहादुर देवली, सचिवमा रामकुमार गुरुङ, सचिवमा जगत पोमू, अर्थसचिवमा सरद कुमार पोमू चयन भएका छन् भने उक्त कार्यक्रमले ४३ सदस्यीय वडा समिति समेत गठन गरेको छ ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...