चुलाचुली १ मा लिम्बुवान अध्यक्ष बने वीरु जवेगु

 लिम्बुवान न्युज
                       

चुलाचुली, १० फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली १ को वडा अधिवेशन सोमबार सम्पन्न भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा चुलाचुली वडा १ स्थित पालिका भवनमा वीरु जवेगु (छत्रहाङ)को अध्यक्षतामा वडाधिवेशन सम्पन्न भएको हो ।

सोमबार आयोजित अविधेशनले जवेगुसँगै उपाध्यक्षहरुमा देउमान नेम्बाङ, रञ्जन फागो, लोकमान चेम्जोङ, रामकुमारी राई, पवित्रा फियाक र देउमान मियोङवा निर्वाचित भएका छन् । सचिवमा चन्द्र बहादुर दाहाल, सहसचिवमा पवित्रा तुम्सा र अर्थसचिवमा भिममाया इवा निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा अनु फागो, इन्द्र ब. पन्धाक, टिकाराम राई, दिनेश वि.क., समरध्वज तामाङ, राजु श्रेष्ठ, ध्रुवराज लावती, सुरज फागो, देउकुमार फागो, शान्ति लावती, दिलिप खजुम, सृजना फागो, महेश राई, विवेक लावती, अर्जुन फागो, मेघराज थापा, विगेश राई, कुमार विश्वकर्मा र निशान चेम्जोङ निर्वाचित भएका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्ष तथा एलभी कमाण्डर थाङसाङ लावती, संघीय सहसचिव चौकीदार तामाङ्, प्रान्तीय सचिव सन्तोष तुम्बापो, प्रान्तीय सचिवालय सदस्यहरु पूर्ण लावती (ध्रुव), तिलोक फागो, प्रान्तीय सदस्य कुमार तुम्बापो, दिपक आङदेम्बे र जिल्ला अध्यक्ष विपिन योङया लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम वडाध्यक्ष रत्न तिरुवाको सभाध्यक्षमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...