ताप्लेजुङको वार्डवार्डमा लिम्बुवान पुग्दै, मेरिङदेन १ को अध्यक्षमा देउमान ओख्राबु चयन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्, १० फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङकाे अगुवाईमा जिल्लाका सबै वार्डवार्डमा घरदैलौं कार्यक्रम निरन्तर गरिरहेको छ ।

मंगलबार मेरिङदेन १ थिङलाबुमा देउमान ओख्राबुको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । मञ्चका प्रदेश समन्वय समितिका सचिव नविन पोमूको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रान्तीय सचिव मुक्साम लाबुङ, महिला नेत्रीहरु प्रान्तीय सचिव रिता मादेन, प्रान्तीय सदस्यहरु रुपा चोङबाङ, अमृता गुरुङ र जिल्ला अध्यक्ष भुपेन्द्र मावो लगायत नेताहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

नव गठित समितिको उपाध्यक्षहरुमा विगेन्द्र ओख्राबु, आईतवीर एभेङ, गजेन्द्र एभेङ, रामप्रसाद थाङदेन, त्यसैगरी सचिवमा शुक्रराज याङदेन, सहसचिवमा मंगल चोङबाङ र अर्थसचिवमा सञ्चमान चोङबाङ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा चन्द्र कुमार चोङबाङ, नर बहादुर ओख्राबु, हरि वनेम, दिपेश ओख्राबु, आशवीर एभेङ, राम एभेङ, सुकवीर चोङबाङ, सुक्ला नाल्बो, सञ्चहाङ ओख्राबु रहेका छन् भने सल्लाहकारहरुमा देउमान ओखाबु, कृष्ण गोपाल थाङदेन, सन्तोष एभेङ, जैमान ओख्रबु र सञ्जवीर थोप्रा रहेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...