मेघराज र देवेन्द्रले काठमाडौं देखि दमक र धनकुटासम्म म्याराथुन गर्दै

 लिम्बुवान न्युज
                       

दमक, १३ फागुन–झापाको दमकका एक युवा र धनकुटाका एक युवाले एकल म्याराथुन गर्ने भएका छन् । दमकका मेघ राई र धनकुटाका देबिन्द्र खेवा लिम्बूले काठमाडौंस्थित दशरथ रङगशालादेखि दमक र धनकुटासम्म म्याराथुन गर्ने भएका हुन् ।

उनीहरुले एकल म्याराथुन गर्ने विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यी दुई धावकले फागुन ३० गतेदेखी म्याराथुन शुरु गर्ने भएका छन् ।

‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ युवापुस्तालाई स्वास्थ्य प्रति सचेत गराउनका लागि उनीहरुले म्याराथुन गर्न लागेका हुन् । दशरथ रङगशालाबाट कोटेश्वर, सिन्धुली, बर्दिबासको रुट हुँदै ईटहरीसम्म सँगै आएर मेघराज दमक र डेविड धनकुटातर्फ लाग्ने पत्रकार सम्मेलनमा उनीहरुले जानकारी दिए ।

धनकुटा वडा न ७ निवासी देबिन्द्र खेवा लिम्बुनले काठमाडौं टु धनकुटा करिब ४७५ किलोमिटर दौडिन्छन् भने झापाका मेघराज राई काठमाडौं टु दमक करिब ४८० किलोमिटर दौडिने भएका छन् । देबिन्द्रको प्रायोजक युमा साम्युङ महासंघ युके समिति, नेपाली समाज बहराईन, जिल्ला खेलकुद (एथलेटिक) धनकुटा रहेका छन् ।

त्यस्तै, मेघराज राईको प्रायोजक एड्भेन्चर इक्यूप्मेन्ट, जून्शीला कलेक्सन, जनता समाजवादी खेलकुद संघका तर्फबाट नेत्र बिक्रम नेम्वाङले सहयोग गर्ने भएका छन् ।

सुरक्षाका लागि व्यक्तिगत रुपमा स्कर्टिङको व्यवस्था गरेको मेघराजले बताए । ‘हाम्रो यात्रा ५ दिनको हुनेछ, खाने बस्ने सम्पूर्ण व्यवस्था हामी आफैंले गर्ने छौं । हामीलाई सुुरक्षा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय मार्फत अनुमति पत्र लिएर त्यसैका आधारमा अन्य जिल्लाका सुरक्षा निकायसँग सम्वन्वय गर्ने छौं । हामीलाई हौसला दिनका लागि सम्पूर्ण स्वास्थ्य प्रति सचेत खेलकूद प्रेमी नेपालीहरुको साथ र सहयोगको अपेक्षा राखेका छौं, यस म्याराथुन मार्फत युवा पुस्तामा प्रेरणा जगाउन थोरै भएपनि हाम्रो भूमिका रहने छ’ राईले पत्रकार सम्मेलनमा भने ।

दुव्र्यसनीमा फसिरहेका युवाहरुलाई शिक्षा दिन शारिरिक तथा मानसिक रुपमा स्फूर्त भई खेलकूदमा अगाडी बढ्न प्रोत्साहन गर्ने उदेश्यले दौडिन लागेको धावक लिम्बुले बताए । ‘मेरो पहिले लाहुरे बन्ने सपना थियो तर असफल भएँ, अनि नेपाल शसश्त्र प्रहरीमा जवानको रुपमा केही वर्ष कार्यरत रहेँ, त्यस पश्चात जागिर छाडेर वैदेशिक रोजगारीका लागि बहराईन गएँ, मैले त्यहाँ थुप्रै दौडहरुमा भाग लिएँ नेपालमा पनि धेरै चोटि म्याराथुन जितेको छु, नेपाली युवाहरुलाई खेलकुद प्रति उत्साहित भएर जोस जाँगरका साथ सहभागी गराउनका लागि हाम्रो दौडले हौसला मिल्ने आशा लिएका छौं, नेपालमा पनि विश्व रेकर्ड राख्न सफल धावकको जन्म होस्, वैदेशिक रोजगारीमा गएका युवाहरुले रेमिट्यान्स मात्रै नभएर विभिन्न सिप सिकेर आएर आफ्नै देशमा स्वास्थ्य, शिक्षा, मनोरन्जन, खेलकुद जस्ता क्षेत्रमा लगानी गर्दा युवाहरु स्वदेशमै स्वरोजगार बन्न सक्छ अनि हामीले भन्ने गरेका सुखी नेपाली सम्बृद्ध नेपालतर्फ राष्ट्र अघि बढ्छ भन्ने सन्देश दिन खोजेका हौं’ डेविडले भने ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...