मेघराज र देवेन्द्रले काठमाडौं देखि दमक र धनकुटासम्म म्याराथुन गर्दै

 लिम्बुवान न्युज
                       

दमक, १३ फागुन–झापाको दमकका एक युवा र धनकुटाका एक युवाले एकल म्याराथुन गर्ने भएका छन् । दमकका मेघ राई र धनकुटाका देबिन्द्र खेवा लिम्बूले काठमाडौंस्थित दशरथ रङगशालादेखि दमक र धनकुटासम्म म्याराथुन गर्ने भएका हुन् ।

उनीहरुले एकल म्याराथुन गर्ने विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यी दुई धावकले फागुन ३० गतेदेखी म्याराथुन शुरु गर्ने भएका छन् ।

‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ युवापुस्तालाई स्वास्थ्य प्रति सचेत गराउनका लागि उनीहरुले म्याराथुन गर्न लागेका हुन् । दशरथ रङगशालाबाट कोटेश्वर, सिन्धुली, बर्दिबासको रुट हुँदै ईटहरीसम्म सँगै आएर मेघराज दमक र डेविड धनकुटातर्फ लाग्ने पत्रकार सम्मेलनमा उनीहरुले जानकारी दिए ।

धनकुटा वडा न ७ निवासी देबिन्द्र खेवा लिम्बुनले काठमाडौं टु धनकुटा करिब ४७५ किलोमिटर दौडिन्छन् भने झापाका मेघराज राई काठमाडौं टु दमक करिब ४८० किलोमिटर दौडिने भएका छन् । देबिन्द्रको प्रायोजक युमा साम्युङ महासंघ युके समिति, नेपाली समाज बहराईन, जिल्ला खेलकुद (एथलेटिक) धनकुटा रहेका छन् ।

त्यस्तै, मेघराज राईको प्रायोजक एड्भेन्चर इक्यूप्मेन्ट, जून्शीला कलेक्सन, जनता समाजवादी खेलकुद संघका तर्फबाट नेत्र बिक्रम नेम्वाङले सहयोग गर्ने भएका छन् ।

सुरक्षाका लागि व्यक्तिगत रुपमा स्कर्टिङको व्यवस्था गरेको मेघराजले बताए । ‘हाम्रो यात्रा ५ दिनको हुनेछ, खाने बस्ने सम्पूर्ण व्यवस्था हामी आफैंले गर्ने छौं । हामीलाई सुुरक्षा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय मार्फत अनुमति पत्र लिएर त्यसैका आधारमा अन्य जिल्लाका सुरक्षा निकायसँग सम्वन्वय गर्ने छौं । हामीलाई हौसला दिनका लागि सम्पूर्ण स्वास्थ्य प्रति सचेत खेलकूद प्रेमी नेपालीहरुको साथ र सहयोगको अपेक्षा राखेका छौं, यस म्याराथुन मार्फत युवा पुस्तामा प्रेरणा जगाउन थोरै भएपनि हाम्रो भूमिका रहने छ’ राईले पत्रकार सम्मेलनमा भने ।

दुव्र्यसनीमा फसिरहेका युवाहरुलाई शिक्षा दिन शारिरिक तथा मानसिक रुपमा स्फूर्त भई खेलकूदमा अगाडी बढ्न प्रोत्साहन गर्ने उदेश्यले दौडिन लागेको धावक लिम्बुले बताए । ‘मेरो पहिले लाहुरे बन्ने सपना थियो तर असफल भएँ, अनि नेपाल शसश्त्र प्रहरीमा जवानको रुपमा केही वर्ष कार्यरत रहेँ, त्यस पश्चात जागिर छाडेर वैदेशिक रोजगारीका लागि बहराईन गएँ, मैले त्यहाँ थुप्रै दौडहरुमा भाग लिएँ नेपालमा पनि धेरै चोटि म्याराथुन जितेको छु, नेपाली युवाहरुलाई खेलकुद प्रति उत्साहित भएर जोस जाँगरका साथ सहभागी गराउनका लागि हाम्रो दौडले हौसला मिल्ने आशा लिएका छौं, नेपालमा पनि विश्व रेकर्ड राख्न सफल धावकको जन्म होस्, वैदेशिक रोजगारीमा गएका युवाहरुले रेमिट्यान्स मात्रै नभएर विभिन्न सिप सिकेर आएर आफ्नै देशमा स्वास्थ्य, शिक्षा, मनोरन्जन, खेलकुद जस्ता क्षेत्रमा लगानी गर्दा युवाहरु स्वदेशमै स्वरोजगार बन्न सक्छ अनि हामीले भन्ने गरेका सुखी नेपाली सम्बृद्ध नेपालतर्फ राष्ट्र अघि बढ्छ भन्ने सन्देश दिन खोजेका हौं’ डेविडले भने ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...