दमकका ६ जना श्रष्टा नगद सहित सम्मानित

 लिम्बुवान न्युज
                       

दमक, १४ फाल्गुन । झापाको दमकमा आयोजित एक कार्यक्रमबाट आज विभिन्न विधा साहित्य, कला र सँस्कृति क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ६ जना श्रष्टालाई नगद सहित सम्मान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङ्गको हातबाट सम्मान गरिएको हो ।

आज शनिबार सम्मानित हुनेमा डा. गोविन्दराज भट्टराई (विशिष्ट प्रतिभा), डा. सोमबहादुर धिमाल (सँस्कृति), जसहाङ्ग लिम्बु (विज्ञान प्रविधि), चन्द्रा गड्तौला (कला साधना), रचना लावती (मातृभाषा साहित्य) र सेलिया श्रेष्ठ (बाल प्रतिभा) पुरस्कारबाट सम्मानित भएका छन् ।

पुरस्कारको राशी नगद १५, २१ र ५१ हजार रहेको प्रतिष्ठानले जनाएको छ ।

दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्याक्रममा प्रमुख अतिथि प्रा.डा. गुरुङ्गले साहित्य कला क्षेत्रको विकासले चेतनाको विकास भई समृद्धि समाज निर्माणमा समेत टेवा पुग्ने बताएका छन् । कार्याक्रममा ४ जना श्रष्टाको पुस्तक समेत विमोचन गरिएको छ । डा. अन्जना भट्टराईको समय संवेग, मेघराज तिम्सिना (दिगभ्रम कविता संग्रह लोकार्पण गर्नु भएको छ । यस्तै, अम्बिकाप्रसाद सापकोटा र देवेन्द्र सापकोटाको समेत शोक काव्य, मुक्तक र नाटक विधाका पुस्तकहरु विमोचन भएका छन् ।

यस्तै कार्याक्रममा पुस्ताकालय समेत उद्घाटन, साँस्कृतिक र साहित्य वाचन समेत गरिएको छ । कार्याक्रममा भारत लगायत अन्य जिल्लाका साहित्यकार तथा कलाकारहरुको उपस्थिति रहेको छ । नेपालमा पहिलो पटक स्थानीय सरकारको संयोजनमा प्रज्ञा प्रतिष्ठान संचालनमा ल्याएर साहित्य, कलाको विकासमा समाजलाई अगाडि बढाउन पाउँदा नगरपालिकाले गौरब महशुष गरेको कार्याक्रमका विशिष्ट अतिथि रहनु भएका दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताएका छन् ।

प्रतिष्ठानले दमक ज्योति र बालज्योति नामक साहित्यिक पत्रिका समेत नियमितरुपमा प्रकाशन थालेको छ । कार्याक्रममा विभिन्न जातिकाका साँस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको कार्यक्रम संचालक प्रतिष्ठानका सचीव विष्णु न्यौपानेले बताए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...