झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

,   लिम्बुवान न्युज
                       

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित “झापामा सञ्चार: नीति र बजारको प्रभाव” विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार तथा शुभकामना मन्तव्य राख्ने अवसर प्राप्त भयो।
वर्तमान समयमा सञ्चार क्षेत्रले भोगिरहेको बजारको उतारचढाव, श्रमजीवी पत्रकारहरूको अवस्था र स्थानीय तहमा सञ्चार नीतिको आवश्यकताका विषयमा केन्द्रित रहेर भएका छलफलहरू निकै सान्दर्भिक र फलदायी रहेका छन्। झापाली पत्रकारितालाई थप व्यवस्थित र व्यावसायिक बनाउन यस्ता बहसहरूले ठूलो मद्दत पुर्‍याउने विश्वास लिएको छु।
यस्तो समसामयिक र गम्भीर विषयमा बहस उठान गरी कार्यक्रमको सफल आयोजना गर्नुभएकोमा अध्यक्ष अर्जुन राजवंशीसहित आयोजक फोनिज झापा परिवारप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु। झापाली पत्रकारिताको चौतर्फी विकास र अधिकार रक्षाका लागि नेपाल पत्रकार महासङ्घ झापा शाखा सधैँ सहकार्य र हातेमालो गर्न प्रतिबद्ध छ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;