झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

 लिम्बुवान न्युज
                       

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित “झापामा सञ्चार: नीति र बजारको प्रभाव” विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार तथा शुभकामना मन्तव्य राख्ने अवसर प्राप्त भयो।
वर्तमान समयमा सञ्चार क्षेत्रले भोगिरहेको बजारको उतारचढाव, श्रमजीवी पत्रकारहरूको अवस्था र स्थानीय तहमा सञ्चार नीतिको आवश्यकताका विषयमा केन्द्रित रहेर भएका छलफलहरू निकै सान्दर्भिक र फलदायी रहेका छन्। झापाली पत्रकारितालाई थप व्यवस्थित र व्यावसायिक बनाउन यस्ता बहसहरूले ठूलो मद्दत पुर्याउने विश्वास लिएको छु।
यस्तो समसामयिक र गम्भीर विषयमा बहस उठान गरी कार्यक्रमको सफल आयोजना गर्नुभएकोमा अध्यक्ष अर्जुन राजवंशीसहित आयोजक फोनिज झापा परिवारप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु। झापाली पत्रकारिताको चौतर्फी विकास र अधिकार रक्षाका लागि नेपाल पत्रकार महासङ्घ झापा शाखा सधैँ सहकार्य र हातेमालो गर्न प्रतिबद्ध छ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;