निर्देशक केरूङ सम्मानित

 लिम्बुवान न्युज
                       

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का अवसरमा उनलाई सम्मान गरिएको हो।

कार्यक्रम नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ को आयोजना तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय को सहकार्यमा सम्पन्न भएको थियो। करिब दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर योगदान दिँदै आएका केरुङका चलचित्रहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतिष्ठित अवार्ड, पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्।

विशेषगरी आदिवासी जनजाति, सीमान्तकृत तथा उत्पीडित समुदायका इतिहास, पहिचान, संस्कृति र समकालीन मुद्दाहरूलाई चलचित्रमार्फत सशक्त रूपमा प्रस्तुत गर्ने चलचित्रकर्मीका रूपमा उनले विशिष्ट पहिचान बनाएका छन्।

चलचित्र सिर्जनामात्र होइन, संस्थागत नेतृत्वमा समेत केरुङको उल्लेखनीय योगदान रहेको छ। उनले याक्थुङ मुन्छइत चोक सयङ् (लिम्बू चलचित्रकर्मी संघ) का संघीय अध्यक्ष, किरात याक्थुङ चुम्लुङ लिम्बू सांस्कृतिक परिषद् का संघीय अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ, पाँचथर का जिल्ला अध्यक्षलगायत विभिन्न महत्वपूर्ण संस्थाहरूको सफल नेतृत्व गरिसकेका छन्।

त्यसैगरी, अन्तर्राष्ट्रिय केला:ङ महोत्सव, नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव लगायतका ऐतिहासिक तथा राष्ट्रिय महत्वका सांस्कृतिक एवं चलचित्र महोत्सवहरूमा उनले निर्देशक तथा संयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन्।

प्रेदश नं. १ (कोशी) प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक विपिन कार्की, निर्देशक नवीन चौहान, नायिका मिरुना मगर, निर्देशक जोगमाया लुम्बा लगायत अन्य चलचित्रकर्मीहरू पनि सम्मानित भएका थिए।

नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानका अनुसार कार्यक्रममा प्रदेशभरिका चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकीहरूले कार्यक्रमलाई थप आकर्षक र सांस्कृतिक रूपमा समृद्ध बनाएका थिए। कार्यक्रमले चलचित्रकर्मीहरूको योगदानको उच्च सम्मान गर्दै चलचित्र उद्योगको विकास, स्रष्टाहरूबीच सहकार्यको विस्तार तथा प्रदेशस्तरमा चलचित्र क्षेत्रलाई थप सशक्त बनाउने उद्देश्यलाई समेत उजागर गरेको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...