कमल गाउँपालिकामा प्रदेशस्तरीय प्रथम अध्यक्षकप फागुन २५ देखि हुने

 लिम्बुवान न्युज
                       

कमल, १५ फागुन । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा हुने भएको छ । आयोजक समितिले आईतबार गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।

फागुन २५ गते देखि सुरु हुने अध्यक्षकपमा प्रदेशभरीका ८ वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । जस अन्तर्गत धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेड स्टार फुटबल क्लब इलाम, श्री नयाँ श्रीनाथ गण चारआली झापा र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहने जनाएको छ ।

 

कमल गाउँपालिका वडा नं। ३ स्थित केरखा खेल मैदानमा दिनको ठिक १ बजे देखि खेल सञ्चालन हुनेछ । जसमा पहिलो उद्घाटन खेल फागुन २५ गते आयोजक टिम समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समिति र टेम्के फुटबल क्लव धरान सुनसरीबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।
खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको अर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् ।

कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक चतुरभुज सुवेदीको अध्यक्षतामा तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, लेखा अधिकृत सृजना राई, खेल संयोजक तेजकुमार राई, खेलकुद समिति सदस्य सन्त खालिङ, सुदिप थुलुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितालाई भव्यताका साथ सफल बनाउका लागि आवश्यकता अनुसार उपसमितिहरु समेत निर्माण गरिएकोछ । जसमा स्वयमसेवक तथा खेल मैदान व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, अतिथि सत्कार तथा सम्मान उपसमिति, आथिएक व्यवस्थापन उपसमिति र खाद्यान्न व्यवस्थापन उपसमिति निर्माण गरि तिव्र रुपमा तयारी थालिएको आयोजक समितिले बताए । (तस्वीरः सुसन राइबाट)

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...