कमल गाउँपालिकामा प्रदेशस्तरीय प्रथम अध्यक्षकप फागुन २५ देखि हुने

 लिम्बुवान न्युज
                       

कमल, १५ फागुन । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा हुने भएको छ । आयोजक समितिले आईतबार गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।

फागुन २५ गते देखि सुरु हुने अध्यक्षकपमा प्रदेशभरीका ८ वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । जस अन्तर्गत धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेड स्टार फुटबल क्लब इलाम, श्री नयाँ श्रीनाथ गण चारआली झापा र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहने जनाएको छ ।

 

कमल गाउँपालिका वडा नं। ३ स्थित केरखा खेल मैदानमा दिनको ठिक १ बजे देखि खेल सञ्चालन हुनेछ । जसमा पहिलो उद्घाटन खेल फागुन २५ गते आयोजक टिम समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समिति र टेम्के फुटबल क्लव धरान सुनसरीबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।
खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको अर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् ।

कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक चतुरभुज सुवेदीको अध्यक्षतामा तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, लेखा अधिकृत सृजना राई, खेल संयोजक तेजकुमार राई, खेलकुद समिति सदस्य सन्त खालिङ, सुदिप थुलुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितालाई भव्यताका साथ सफल बनाउका लागि आवश्यकता अनुसार उपसमितिहरु समेत निर्माण गरिएकोछ । जसमा स्वयमसेवक तथा खेल मैदान व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, अतिथि सत्कार तथा सम्मान उपसमिति, आथिएक व्यवस्थापन उपसमिति र खाद्यान्न व्यवस्थापन उपसमिति निर्माण गरि तिव्र रुपमा तयारी थालिएको आयोजक समितिले बताए । (तस्वीरः सुसन राइबाट)

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...