झापा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा सातदोबाटो र जावलाखेल भिड्ने

 लिम्बुवान न्युज
                       

बिर्तामोड, १५ फाल्गुन । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।

आयोजकका अनुसार उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । हालै सम्पन्न ए डिभिजन लिगमा सातदोबाटो चौथो स्थानमा र जावलाखेल नवौँ स्थानमा रहेका थिए । त्यस्तै, दोस्रो खेल फागुन २२ गते नेपाल पुलिस क्लबविरुद्ध संकटा क्लबले खेल्नेछ । लिगमा पुलिस ११औँ स्थान र संकटा सातौँ स्थामा रहेका टिम हुन् ।

झापा गोल्ड कपको तेस्रो खेल पहिलो खेलको विजेतासँग एपिएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ स्थानमा रहेको टोली हो । चौथो खेल दोस्रो दिनको विजेतासँग थ्री स्टार क्लबले खेल्नेछ । लिगमा थ्री स्टार छैटौँ स्थानमा रहेको थियो । प्रतियागिताअनुसार पाँचौँ खेल त्रिभुवन आर्मी फुटबल क्लबका विरुद्ध भारत दार्जिलिङको एम एफसीले खेल्नेछ । लिगमा आर्मी दोस्रो स्थानको टोली हो ।

झापा गोल्ड कपमा छैटौँ खेल झापा ११ फुटबल क्लबले भारत सिक्किमको आरपी एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २७ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ । झापा गोल्ड कपको फाइनल खेल फागुन ३० गते सोमबार हुनेछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने खेलका लागि करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अायाेजकले जनाएकाे छ ।पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइनेछ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...