लिम्बुवान मञ्च गौरादह अध्यक्षमा पुनः देवेन्द्र इङनाम सर्वसम्मत

 लिम्बुवान न्युज
                       

गौरादह, १५ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल गौरादह नगर समितिको अध्यक्षमा पुनः देवेन्द्र इङनाम सर्वसम्मतिमा अध्यक्ष चयन भएका छन् । शनिबार गौरादहको मिलन चौकस्थित जन्ता प्रा.वि बिद्यालयको सभाकक्षामा मञ्चका उपाध्यक्ष ज्ञानुहाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले इङनामलाई सर्वसम्मतले चयन गरेको हो ।

यस अधिवेशनबाट उपाध्यक्षहरुमा रिता जिमी, झुमा बर्देवा, सचिवमा राजेन्द्र लिम्बू, सहसचिव सरिता तामाङ र अर्थसचिवमा लोसन लिम्बु निर्विरोध चयन भएका छन् । यसरी नै सदस्यहरुमा क्रमशः टेक बहादुर बर्देवा, हेण्डेल ऋतिकेश, कला ऋतिकेश, बधई सतार, कल्पना लिम्बू,राधा मिस्त्री, दिल बहादुर लिम्बू, बुद्धिमान पन्धाक, सिताकुमार योङ्हाङ, छत्र बहादुर योङ्हाङ, सृजना ऋतिकेश, गङ्गा लिम्बू, यो माया लिम्बू, राधिका ऋतिकेश, श्याम वबी, हस्त बहादुर खापुङ र भक्त बहादुर सेनेहाङ गरि जम्मा २७ सदस्य कार्यसमिती गठन भएको छ ।

कार्यक्रमालाई सम्बोधन गर्दै प्रमुख अथिती इङ्बुङ्ले तराई आदिबाशी दलित÷शिल्पीहरुको तराई झापा मोरङ र सुनसरी जिल्लामा उनिहरुको ईतिहास र औलो लाग्दा पनि राष्टृयता र सिमानाको रक्षा गरेको बारे उच्च प्रसङ्सा गर्दै बिगतदेखी अहिलेसम्म राज्यसत्ताले उनीहरुलाई उपेक्षा गर्दै आएको बताउदै अब उप्रान्त यो मंचले मात्रै उत्पिडनहरुको आवाज सुन्ने बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि इम्बुङको हातबाट ५५ जनालाई कृयासिल सदस्य बितरण गरिएको थियो । त्यसैगरी सो कार्यक्रमबाट विभिन्न पार्टी परित्याग गरी चन्द्रकला तामाङ, सरिता तामाङ, छत्रबहादुर योङ्हाङ, सीता कुमार योङ्हाङ, रिता जिमी, अन्जु ऋतिकेश, झकासी ऋतिकेश, रामकुमारी ऋतिकेश, श्यामबर्ती ऋतिकेश, उषा ऋतिकेश, कमला शर्मा, सन्धिक्सा ऋतिकेश, राधिका ऋतिकेश, सावगी ऋतिकेश, रामजी ऋतिकेश, सोमनी ऋतिकेश, सरिता ऋतिकेश र राधा ऋतिकेश लगायतले पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई अविर लगाई पार्टीमा स्वागत गरिएको छ ।

त्यस्तैगरी विशेष अथिती प्रान्तिय उपाध्यक्ष बिष्णु भट्टराई, दलित मुक्तिमञ्चका उपाध्यक्ष बलाराम ऋतिकेश, प्रान्तीय सचिवहरु राजु राई, भक्त मेन्याङ्बो, झापा जिल्ला अध्यक्ष नगेन राई र कमल गाउँपालिका अध्यक्ष मावोहाङ अमरले पनि शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको अध्यक्ष देवेन्द्र इङनामले गरेका थिए भने स्वागत मन्तव्य क्षेत्रीय अध्यक्ष लक्ष्मी कन्दङ्वाले गरेका हुन् भने कार्यक्रमको सहजीकरण प्रान्तीय सदस्य बिरेन्द्र कुमार याख्थुम्बा शुवासले गरेका थिए ।

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...