लिम्बुवान मञ्च गौरादह अध्यक्षमा पुनः देवेन्द्र इङनाम सर्वसम्मत

,   लिम्बुवान न्युज
                       

गौरादह, १५ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल गौरादह नगर समितिको अध्यक्षमा पुनः देवेन्द्र इङनाम सर्वसम्मतिमा अध्यक्ष चयन भएका छन् । शनिबार गौरादहको मिलन चौकस्थित जन्ता प्रा.वि बिद्यालयको सभाकक्षामा मञ्चका उपाध्यक्ष ज्ञानुहाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले इङनामलाई सर्वसम्मतले चयन गरेको हो ।

यस अधिवेशनबाट उपाध्यक्षहरुमा रिता जिमी, झुमा बर्देवा, सचिवमा राजेन्द्र लिम्बू, सहसचिव सरिता तामाङ र अर्थसचिवमा लोसन लिम्बु निर्विरोध चयन भएका छन् । यसरी नै सदस्यहरुमा क्रमशः टेक बहादुर बर्देवा, हेण्डेल ऋतिकेश, कला ऋतिकेश, बधई सतार, कल्पना लिम्बू,राधा मिस्त्री, दिल बहादुर लिम्बू, बुद्धिमान पन्धाक, सिताकुमार योङ्हाङ, छत्र बहादुर योङ्हाङ, सृजना ऋतिकेश, गङ्गा लिम्बू, यो माया लिम्बू, राधिका ऋतिकेश, श्याम वबी, हस्त बहादुर खापुङ र भक्त बहादुर सेनेहाङ गरि जम्मा २७ सदस्य कार्यसमिती गठन भएको छ ।

कार्यक्रमालाई सम्बोधन गर्दै प्रमुख अथिती इङ्बुङ्ले तराई आदिबाशी दलित÷शिल्पीहरुको तराई झापा मोरङ र सुनसरी जिल्लामा उनिहरुको ईतिहास र औलो लाग्दा पनि राष्टृयता र सिमानाको रक्षा गरेको बारे उच्च प्रसङ्सा गर्दै बिगतदेखी अहिलेसम्म राज्यसत्ताले उनीहरुलाई उपेक्षा गर्दै आएको बताउदै अब उप्रान्त यो मंचले मात्रै उत्पिडनहरुको आवाज सुन्ने बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि इम्बुङको हातबाट ५५ जनालाई कृयासिल सदस्य बितरण गरिएको थियो । त्यसैगरी सो कार्यक्रमबाट विभिन्न पार्टी परित्याग गरी चन्द्रकला तामाङ, सरिता तामाङ, छत्रबहादुर योङ्हाङ, सीता कुमार योङ्हाङ, रिता जिमी, अन्जु ऋतिकेश, झकासी ऋतिकेश, रामकुमारी ऋतिकेश, श्यामबर्ती ऋतिकेश, उषा ऋतिकेश, कमला शर्मा, सन्धिक्सा ऋतिकेश, राधिका ऋतिकेश, सावगी ऋतिकेश, रामजी ऋतिकेश, सोमनी ऋतिकेश, सरिता ऋतिकेश र राधा ऋतिकेश लगायतले पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई अविर लगाई पार्टीमा स्वागत गरिएको छ ।

त्यस्तैगरी विशेष अथिती प्रान्तिय उपाध्यक्ष बिष्णु भट्टराई, दलित मुक्तिमञ्चका उपाध्यक्ष बलाराम ऋतिकेश, प्रान्तीय सचिवहरु राजु राई, भक्त मेन्याङ्बो, झापा जिल्ला अध्यक्ष नगेन राई र कमल गाउँपालिका अध्यक्ष मावोहाङ अमरले पनि शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको अध्यक्ष देवेन्द्र इङनामले गरेका थिए भने स्वागत मन्तव्य क्षेत्रीय अध्यक्ष लक्ष्मी कन्दङ्वाले गरेका हुन् भने कार्यक्रमको सहजीकरण प्रान्तीय सदस्य बिरेन्द्र कुमार याख्थुम्बा शुवासले गरेका थिए ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;